पाण्डेलाई दुर्व्यवहार गर्नेहरु मन्त्री लामाका छोरा, ज्वाई र पिए

dawa dorje suren

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएको छ। शनिबार चितवनको राप्ती नगर पार्टी बैठकमा मन्तव्य राखिरहेका बेला कार्यक्रममा सहभागी केही व्यक्तिहरुले नेता पाण्डेविरुद्ध नाराबाजी गरेका हुन्।

नेता पाण्डेले पार्टी एकता विरोधी अभिव्यक्ति दिएको भन्दै केही कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। पाण्डे नेकपाभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन्। आफुमाथि भएको दुर्व्यवहारबारे बोल्दै उनले भने, ‘चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८/१० जना केटाहरु पनि उहाँसँगै आए ।

अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो ।

नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ । नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।

मन्त्री दावाजीकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरुले बताएका छन् । त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनें । अरु ४/जनालाई मैले देखेर पनि एक/दुईजनाको नाम बिर्सिएँ, अरु तीन/चारजना मैले नचिनेका भर्खरका केटाहरु थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..