गुण्डा नाइके लामामाथी ३ राउण्ड गोली प्रहार

काठमाडौं  | काठमाडौँको बौद्धमा गुण्डा नाइके दावा लामामाथी गोली प्रहार भएको छ । दिब्य पार्टी प्यालेस नजिकै गौरीघाटस्थित ‘जिम’ क्लवमा जिम गर्न गएका बेला उनीमाथी ३ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

उनको अहिले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।

गाडी पार्किङ गरेर हेल्थ क्लवमा जान लागेका उनीमाथि मास्क लगाएको युवाले गोली हानेका हुन्। प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर हानी हान्ने पहिचान गरिसकेको जनाएको छ।

लामाको साथीहरुसँग विवाद रहेको र सोही कारण उनीमाथि गोली प्रहार भएको प्रहरीले अनुमान गरेको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..