annapurna add

sahakul thapanjahksdks

इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर भीमफेदी नगरपालिका-८ का ५१ वर्षीय भीमसेन गाहामगर र ३० वर्षीय रामकृष्ण चुनी मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। फरार अभियुक्त खोजी सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दुवैलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाबाट पक्राउ गरेको ब्युरो प्रमुख सहकुल थापाले बताए।

उनीहरूले २०६६ वैशाख २८ गते ललितपुर गोदावरी नगरपालिका-१३ को आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी ८ का ३६ वर्षीय दिलबहादुर योञ्जनको हत्या गरेका थिए। योञ्जनलाई उनी सुत्ने कोठाबाहिर कोदालीको बिँड प्रहार गरी हत्या गरिएको थियो। दुवैलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँको जिम्मा लगाइएको छ। हत्या भएका व्यक्ति र मामा-भान्जा एउटै ठाउँका हुन्। दुवैले आवेशमा साथीको हत्या गरेको बयान दिएका छन्।

थापाका अनुसार घटनापछि दुवै अभियुक्त ललितपुरबाट पैदलै हेटौंडा गई रक्सौल नाका हुँदै नयाँदिल्ली पुगेका थिए। दिल्ली गएर उनीहरूले आफ्नो वास्तविक नाम परिवर्तन गरी भारतीय आधारकार्ड बनाएर बसेका थिए। दिल्लीमा रामकृष्ण प्लाष्टिक कारखाना र भीमसेन अटो रिक्सा चलाएर बसिरहेका थिए। उनीहरू नातामा मामा-भाञ्जा हुन्।

थापाका अनुसार मामा भीमसेनले थर गाहामगर हटाएर थापा बनाएर आधार कार्ड लिएको देखिएको छ भने भाञ्जा रामकृष्णले आफ्नो नाम परिवर्तन गरी श्यामलालको नाममा आधार कार्ड बनाएको देखिएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...