सत्ता गठबन्धन बैठक : देउवाले मागे मन्त्री हुनेको नाम

सत्ता गठबन्धनका नेताहरुले अब चाँडै मन्त्रिपरिषद् विस्तार गरेर सरकार र संसदका कामलाई गति दिनुपर्ने निष्कर्ष निकालेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईको प्रभाव सबैतिर परेको र त्यसले नकारात्मक असर गइरहेको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुलाई मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि नेताहरुले दलमा छलफल गरेर नाम दिने भनेका छन् । नेताहरु शुक्रबारै साँझ ६ बजे पुनः बस्ने गरी उठेका छन् ।

बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..