देउबा पनि ओलीकै फोटोकपी : सरकारी निवास मै बोलाए पार्टीको बैठक !

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन्। पार्टीको आसन्न १४ औं महाधिवेशनका बारेमा छलफल गर्न सभापति देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

कांग्रेसको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न सकेको छैन। कांग्रेसको आगामी साउन १२ गतेदेखि गाउँ कमिटीको अधिवेशन तय भएको छ। गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् ।

बिहान १०:०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

१४६ सांसदले हस्ताक्षरसहित बुझाएको रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..