annapurna add

dharmendra jwaii

पूर्वमाओवादीनिकट गणेश भण्डारी चलचित्र विकास बोर्डमा दुई पटकसम्म अध्यक्ष बने । उनी २०६५ र २०६८ सालमा विकास बोर्ड अध्यक्ष बनेका थिए । गणेश पनि चलचित्र क्षेत्रसँग निकट मान्छे होइनन् । उनी पनि साहित्यकार नै हुन् । जनयुद्धकालदेखि पार्टीको सांस्कृतिक विभागमा काम गर्दै आएका भण्डारी पार्टीको सरकार भएको बेला मौका पाएका थिए ।

पछि तत्कालीन सञ्चारमन्त्री राजकिशोर यादवले गणेशको राजीनामा मागे । विकास बोर्डमा राम्रो काम गर्न नसकेको भन्दै उनको राजीनामा मागिएको थियो । वास्तवमा राम्रो काम गरेर/नगरेर भन्दा पनि आफू सञ्चारमन्त्री भएको बेला आफ्ना कार्यकर्ता नियुक्त गर्न चाहन्थे, यादव । हाल प्रतिबन्धित नेकपाका सिनियर नेता धर्मेन्द्र बास्तोलाका ज्वाईं भण्डारी प्रचण्डको पिछा लाग्दै नियुक्ति खान सिपालु थिए, उनका एक सहकर्मीले भने । धमेन्द्र विप्लव समूहका दोस्रो वरियताका नेता हुन् । पार्टीको पश्चिम कमाण्ड सम्हालिरहेका उनी पार्टीको सचिवालय सदस्य र विदेश विभाग प्रमुखसमेत छन् ।

धर्मेन्द्रमाथि तीनवटा कसुर छन् । नख्खुमा एकजनाको ज्यान जाने गरी २०७५ सालमा भएको बम विस्फाेटनलाई लिएर उनीमाथि अनुसन्धान भइरहेको छ । त्यस्तै, थेचोमा ९ चैत २०७७ मा भएको विस्फाेटमा पनि उनलाई प्रतिवादी बनाइएकाे थियो । जबरजस्ती चन्दा असुलीको अर्को अभियोग पनि बास्तोलामाथि छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका पश्चिम कमाण्डर धमेन्द्र बास्तोला अहिले प्रहरी हिरासतमा छन् । उनका छोरी–ज्वाईं अनिमा बास्तोला र गणेश भण्डारी गत ३० माघमा प्रधानमन्त्री निवास बालुवाटारभित्र थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फोटो पनि खिचाए ।

गत १७ माघमा सुर्खेतमा आयोजित एक कार्यक्रममार्फत गणेश र अनिमाले ओली समूहमा प्रवेश गरेको औपचारिक घोषणा गरेका थिए । यद्यपि, त्यसभन्दा अगाडि नै ओली समूहले भण्डारीलाई आफ्नो केन्द्रीय समितिमा मनोनीत गरिसकेको थियो । अनिमा भने प्रदेश कमिटीमा छिन् ।

गणेश भण्डारी नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष हुन् । उनी २०६८ सालमा माओवादी कोटाबाट बोर्ड अध्यक्ष नियुक्त भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा उनी पनि संलग्न थिए । उनले माओवादीको सांस्कृतिक विभागमा काम गरे । तत्कालिन एकीकृत नेकपा (माओवादी) को घटक संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको अध्यक्षमा गणेश भण्डारी निर्वाचित भएका थिए । पाँचौं राष्ट्रिय सम्मेलनबाट भण्डारीको नेतृत्वमा १०१ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत चयन भएको थियो।

ललितपुरका कुनै एक पार्टी समर्थकको घरमा पार्टीमा जाँदा भण्डारी र एक अर्का संगीतकर्मीले रक्सीले टिल भएर छोरी र श्रीमतीलाई दुर्व्यवहार गरेपछि निम्ता दिने व्यक्तिले नै कुटेर लखाटेको एक विश्वस्त स्रोतले बतायो । उनीहरु राती खेतैखेत भागेका थिए । पिडित परिवारले पार्टी कार्यालयमा उजुरी दिएपनि कुनै सुनुवाई भएको थिएन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...