खड्गप्रसाद ओलीले दोश्रो पटक विघटन गर्दा पनि ब्युँतिएको संसद बैठक आज बस्दै

दोस्रोपटक पुन:स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ। सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित भएपछि पहिलोपटक बैठक बस्न लागेको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको असार २८ गते फैसला सुनाउँदै साउन ३ गते ५ बजेभित्र प्रतितिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो। सोही आदेशबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आज अपरान्ह चार बजेका लागि बैठक आह्वान गरेकी हुन्।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्। सर्वोच्चले उक्त विघटन असंवैधानिक भएको भन्दै पुन:स्थापना गरिदिएको हो।

सर्वोच्चको उक्त फैसलासँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वबाट बाहिरिएका थिए। सर्वोच्चको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। देउबाको मन्त्रिपरिषद हाल ५ सदस्यीय छ, उनले छिट्टै विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची:

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..