डिएसपी कार्कीले सर्जिकल हाउसका कर्मचारी कुटपिट घटनाको छानविनका लागि समिति गठन

वीबुधबार बिहान सवा १० बजे वीरगन्ज उपमहानगरपालिका-८ स्थित प्याथो सर्जिकल हाउसमा कार्यरत २१ वर्षीय अफ्रोज अहमदमाथि डिएसपी प्रह्लाद कार्कीले कुटपिट गरेका थिए। पसल बन्द गराउनेक्रममा अहमदले भिडिओ खिचेको भन्दै डिएसपी कार्कीले पसलभित्रै गएर कुटपिट गरेका थिए।

डीएसपी प्रह्लाद कार्कीले बुट र लौरी हान्दै सर्जिकल कर्मचारीमाथि यसरी गरे कुटपिट (भिडियो)

‍डिएसपी कार्कीले अहमदमाथि कुटपिट गरेको भिडिओ  बाहिरिएको थियो।

घटना बाहिरिएपछि बिहीबार प्रदेश नम्बर २ प्रहरी कार्यालय, धनुषाले छानबिन गर्न समिति गठन गरेको हो।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान कार्य शुरू गरी सकेको र अनुसन्धानका क्रममा कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने जनाइएको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै यस घटनामा सम्बन्धमा अनुसन्धान सुरू गरेको र प्रहरी दोषी देखिएमा नियामावली बमोजिम कारबाही गर्ने भनिएको छ।

कुटपिटबाट अहमदको हात-खुट्टामा निलडाम बसेको थियो। उनको फोन पनि प्रहरीले खोसेर लगेको थियो।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..