राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशमा मतदान शुरु

r sava chunabराष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान शुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।

यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन-तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..