सर्वोच्चद्वारा पूर्वमाओवादी नेताको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार (आदेशसहित)

पूर्वमाओवादी केन्द्रका नेताहरुको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि प्रतिनिधि सभा सदस्य पदबाट हटाइएका (कारबाही)मा परेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौरधीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको सोमबारको इजलासले भने उनीहरुको मागदाबीअनुसार अन्तरिम आदेश जारी गर्न नमिल्ने भनेको छ।

सर्वोच्चले इजलसामा पेस भएका लिखत प्रमाणहरुको आधारमा आफूहरुलाई स्पष्टीकरण नसोधिएको तथा सफाइको मौका नदिएको भन्ने पूर्वमाओवादी नेताहरुको दाबी पुष्टि हुन नसक्ने पनि ठहर गरेको छ।

रायमाझी, भट्ट, साह र चौधरीले साउन १३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..