इन्धनको चरम अभाव भएपछी निसानामा कर्मचारी

विराटनगर  । पूर्वी नेपालमा इन्धनको चरम अभाव भएसँगै नेपाल आयल निगमले विराटनगरस्थित क्षेत्रीय कार्यालयको टिम नै परिवर्तन गरेको छ ।

oil nigam

निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ ।

आयल निगमको क्षेत्रिय कार्यालयबाट पर्याप्त इन्धन वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्र्कष निकाल्दै केन्द्रीय कार्यालयले यादवलाई सरुवा गरेको हो ।

यादवको स्थानमा भानुभक्त खनाललाई पठाउने निर्णय निगमले गरेको छ । यसअघि खनाल रक्सोल–अमलेखगन्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा कार्यरत थिए ।

निगमले विराटनगर कार्यालयमा चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि पठाउने निर्णय गरेको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..