यस्तो छ नयाँ प्रधानसेनापतिको सम्पति विवरण

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका छन् । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

​प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । शर्मा काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीका स्थायी बासिन्दा हुन् । सामूहिक नेतृत्वलाई मन पराउने शर्मा इतिहासका ज्ञाता पनि हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन्। शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन्।

शर्माको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीमा आमा सुभद्रा पौडेलको नाममा ६ आना क्षेत्रफलमा साढे २ तले घर रहेको छ । आमा सुभद्रा पौडेल कै नाममा शर्माको नागार्जुन नगरपालिका वडा नं ४ मा ८.५ र वडा नं ६ मा चार रोपनी जग्गा रहेको छ । शर्माकी श्रीमती सुनिता शर्माको नाममा ललितपुर महानगरपालिका १५ मा आठ आना जग्गा रहेको छ, जुन त्यो समयमा २० लाख रुपैयाँमा खरिद गरिएको हो । शर्मासँग १३.५ तोला सुन र २० तोला चाँदी रहेको नेपाली सेनाको अभिलेखमा उल्लेख छ । शर्मासँग राष्ट्रिय बाणिज्य बैंक, विशालबजारमा १९ लाख र नबिल बैंक बानेश्वरमा ४७ हजार अमेरिकी डलर रहेको उल्लेख छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..