भावी प्रधानसेनापति शर्माको रथीमा बढुवा

1588136406armyवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदार मानिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएकाे छ । मन्त्रीपरिषद् बैंठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको स्रोतले जनाएको छ । सैनिक ऐन अनुसार प्रधानसेनापति थापाको सिफारिसमा शर्माको बढुवाको लागि सरकार समक्ष पेस गरिएको थियो ।

सेनामा दुई रथी हुनेमा दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदै छन् । सैनिक ऐन अनुसार रथीको उमेर हद ५८ वर्ष रहेको छ । तण्डुल अहिले अनिवार्य अवकाश अघि बस्नु पर्ने बिदामा छन् । वैशाख १९ मा तण्डुल अवकाश भए लगत्तै प्रधानसेनापति थापाले शर्मालाई रथीको रुपमा सैनिक मुख्यालयमा दज्र्यानी चिन्ह प्रदान गर्ने छन् ।

सेनाका पहिलो वरियताका रथी (बलाधिकृत) शरद गिरीले पनि उमेर हदका कारण यही असार ६ गते अनिवार्य अवकाश पाउँदै छन् । गिरीले अवकाश पाएसँगै शर्मा पहिलो वरियताका रथी अर्थात् प्रधानसेनापतिको सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुने छन् । शर्माको रथीको कार्यकाल दुई वर्षसम्म रहने छ । त्यस अवधिमा सैनिक ऐन अनुसार वर्तमान सेनापतिको तीन वर्षे कार्यकाल २०७८ भदौं २४ मा सकिने छ । त्यस बेलासम्म हालको ऐन संशोधन भएर नयाँ व्यवस्था नभए वा अन्य कुनै तलमाथि नभएमा वरियताका आधारमा शर्मा प्रधानसेनापति बन्ने छन् । शर्मा अहिले नेपालको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली सम्भाररथी विभागमा छन् । उनले यसअघि युद्धकार्य महानिर्देशकको विभाग पनि सम्हालिसकेका छन् । यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको हो।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..