बाहिर हुंकार, भित्र ‘धनुष्टङ्कार’ भन्दै आलोचना : घनश्यामको फेस सेभिङ्ग !

सत्तारूढ नेकपा (एमाले)का दुवै पक्ष हिजो (शुक्रबार) वार्तामा बसे । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल थिए । अर्को पक्ष खनाल–नेपाल समूहबाट माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त थिए ।

दुवै पक्षले वार्ता सकारात्मक रहेको र कार्यदल बनाउन अध्यक्ष ओली र नेता नेपाल भोलि अर्थात् शनिबार पनि बस्ने भन्दै बाहिरिए । प्रधानमन्त्री ओली पस्दै गर्दा घनश्याम भुसाल रघुजी पन्तसहितका नेताले ‘धनुष्टङ्कार’ नमस्कार गर्दै गरेको फोटो सार्वजनिक भयो ।

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भूसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे प्रष्ट्याएका छन्। उनले सो फोटो बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको बताएका छन्। तर सो बैठकमा प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोहि नहुनुलाई ‘संयोग मात्र हो वा होइन थाहा भएन’ भनी सो कार्यालयको विश्वसनीयता र गोपनीयतामाथि प्रश्न उठाएका छन्। ती फोटोहरु देखेर अरु बेला ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुने भूसाललगायत नेताहरु उनीसामू झुकेको भनी उनीहरुको निकै आलोचना पनि गरिएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..