annapurna add

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिलो अभिव्यक्तिलाई लिएर जनकपुर खैलाबैला भएकाे छ।

राम सिताको विवाह यसरी भएकाे थियाे ?

ओलीको राम सम्बन्धी टिप्पणी राजनीतिक नभएको परराष्ट्रको स्पष्टिकरण

राम र अयोध्याबारे प्रधानमन्त्रीको 'वाणी-बम' सुनेर नेकपाकै नेताहरू चकित

बामदेवले ओलीलाई माफी माग्न किन भने ?

प्रधानमन्त्रीले रामको जन्म नेपाल भनेपछि सामाजिक संजालमा खैलाबैला, कसले के भने ?

Ram sita kp sharma oli
बुधबार बिहान प्रधानमन्त्री ओलीले अभिव्यक्ति फिर्ता लिनु पर्ने माग गर्दै हिन्दू परिषदले र्याली निकालेको केहि घण्टा नबित्तदै विश्व हिन्दू परिषदले बैठक डाकेर जनकपुरमा वृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यतिबेला प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओलीको पच्छिलो अभिव्यक्तिलाई लिएर विरोधका स्वरहरु सुनिन थालिएको छ ।

भानु जयन्तीको दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत नभइ नेपालकै भू-भाग पर्साको ठोरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि यतिबेला रामको ससुराली जनकपुरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शनले तीव्रता लिदै आएको छ ।

ram1

जनकपुरको जानकी मन्दिर प्रांगणमा विश्व हिन्दू परिषदले बोलाइएको बैठकमा आंउदो शनिवार वृहत् विरोध प्रदर्शन गर्ने निर्णय भएको हो ।बैठकमा जनकपुरका युवा अगुवा, नागरिक समाज, बुद्धिजीवी र साधु समाजको समेत उपस्थिति थियो । सुन्दर सदनका महन्थ नवल किशोर शरणले प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनु पर्ने माग गर्नुभयो ।

शरणले भन्नुभयो, ’यो सम्बन्ध नेपाल र भारतको होइन अबध र मिथिलाको प्राचीन सम्वन्ध हो ।’प्रधानमन्त्रीले भानुभक्तले रचना गरेको रामायण राम्ररी पढ़नु भएको छैन महंथ शरणले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ’प्रधानमन्त्रीले भानुभक्त समेतको अपमान गरे ।’नागरिक समाजको व्यानरमा आउदो शनिवार जनकपुरको रामान्द चोकबाट वृहत प्रदर्शन गर्ने निर्णय भएको जनकपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेंद्र प्रसाद साहले जानकारी दिनुभयो ।

बैठकमा जानकी मंदिर महन्थ रामतपेस्वर दास वैष्णवले नेपालकी चेली सीता र भारतका वर रामको विवाह तत्कालीन अवध र मिथिला विचको ऐतिहासिक विवाह वारे विश्वलाई थाहा भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले यस्तो विषयमा बोल्दा ध्यान पुर्याउन आवश्यक छ । उहाँले सरयुग नदी र अयोध्या नेपालमा नभई भारतको उत्तर प्रदेशमा रहेको पनि प्रष्ट पार्नुभयो ।

सीता
सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सित स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो।

Hanuman finds Sita in the ashoka grove and shows her Ramas ringहनुमान साथमा सीता

भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।

सिताको जन्म
आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन्। साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन्। हुन त सीता नामले उनका बारेमा जान्नचाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ। विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन्। सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ। यज्ञभूमि तयार पार्न राजषीॅ जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ। सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन। वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण -तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।

 देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो। मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो। अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो। ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो। तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्‍यो। गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए। उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे। रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो। रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन्। मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो। यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन्। राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन।

Ravi Varma Ravana Sita Jathayuसीता अपहरण गर्दा रावणले जटायूको पखेटा काटिदियो

आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए। त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो। मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो। गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-'म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु।' आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी 'पद्मा' राजा पद्माक्षरकी छोरी हुन्।

पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन्। केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन्। रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्। यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन्।

कम्बरामायणका अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन्। यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन्। अन्य किम्बदन्ति का आधारमा सीतालाई मिथिलाका राजा जनककी छोरी भनिएता पनि रामायणका अनुशार सीताको जन्म रावणकी धर्म पत्नी मन्दोधरीको गर्भबाट भएको हो। त्रेतायुगमा लंकाका तत्कालीन राजा रावणले आफ्नो ताकतको घमण्डमा पृथ्वी भरी उत्पात मचाएको थियो। रावणले प्रत्येक दिन जनताहरूबाट कर असुलेर एक सेर सुन ल्याउने गर्थ्यो।

यसरी बिथिती गरेका कारण सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंश नास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा एक सेरको तौल बराबर बनाएर राखे। केही दिन पछि रावण कर असुली गर्न ऋषिहरू भए ठाउँ गयो। ऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर भने "महाराज हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ। यो लिएर जानुस्।" यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर तौल गर्दा एक सेर पुरा भएकाले न खोलेरै आफ्नो घर ल्याएर आयो। रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दियो। मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ भन्ने बिचारले खोलेर हेर्दा रगत देखियो। मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको भएको ठानेर रिसले त्यो रगत पिईन्। केही दिन पछि मन्दोधरीलाई गर्भ रहयो। मन्दोधरीको पेटमा धेरै पिडा भएका कारण रावणले ज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगायो ज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावणकुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिए। यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लाग्यो। यसरी हेर्दा उसले जनकपुरमा राम्रो तलाउ देख्यो तलाउ गहिरो भएका कारण शिसु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा छोड्यो। केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो। यो खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो। राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाए।

राजा जनकका अरु सन्तान नभएका कारण ती कन्याको पालन पोषण गरे। पछि गएर कन्याको नामकरण गरे। पहिले कन्याको जन्मको आधारमा "सिया" नाम राखे। पछि गएर "सिता" भन्ने गरियो। सितालाई "जानकी" पनि भनिएको छ। सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ। नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो। राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो। यज्ञका लागि जमीन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ। जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ। रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ। राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर