विप्लवले भन्याे- ‘ओलीका असली चेला’को कमिसन काण्डले देश लज्जित भयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रम केपी वलीकै संलग्नता भएको आशङ्का गरेको छ ।

gokul baskota viplov news kantipath पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बास्कोटालाई कारबाही गर्न पनि माग गरेका छन् ।

केन्द्रीय समितिका तर्फबाट महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ । सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन् ।’

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी वली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ । यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ ।’

विप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम वलीकै संलग्नता देखिन्छ ।

तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ । केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको सर्वविदितै छ ।

यो सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको छ ।

फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको सूचना प्राप्त भएको छ । यसखाले फासिवादी दमनको पार्टी भत्र्सना गर्दै अधिकारकर्मी, कानुनविद् तथा नागरिक समाजको ध्यानाकर्षण गर्दछ र सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग गर्दछ ।

biplab GOKUL PRESS

‘सेक्युरिटी प्रेस स्थापनाका लागि मिलोमतो भएको देखिन्छ’

७० करोड कमिसन प्रकरण : दोषी प्रमाणित भए गोकुललाई ८ वर्ष जेल हुने

गोकुल बाँस्कोटाको विवादित यात्रा

ओलीको पहिलो कार्यकालमै सेक्युरिटी प्रेस खरिद कार्यक्रम

‘पूर्व सञ्चार मन्त्री बाँस्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

Kantipath Media

यो छुट्टाउनु भो कि..