‘पूर्व सञ्चार मन्त्री बाँस्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनबारे कुराकानी गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । कम्तीमा १५ महिनाअघि मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको अडियो बुधबार राति सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार अपराह्न राजीनामा दिएका हुन् ।

Gokul Baskota

‘हाम्रा कुरा डट कम’ अनलाइनले सुरुमा सार्वजनिक गरेको र पछि कान्तिपथ समेत प्राप्त अडियो रेकर्डमा बाँस्कोटाले कमिसनबापत ५४/५५ करोड मात्रै प्राप्त हुने भएपछि लागत एक अर्ब बढाउन आग्रह गरेका छन् । मन्त्रालयअन्तर्गतकै सेक्युरिटी प्रिन्टिङ सेन्टरको प्रस्तावमा सरकारले अघि बढाएको खरिद प्रक्रिया विवादित बनेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अनुसन्धान गरिरहेका बेला अडियो रेकर्ड सार्वजनिक भएको हो । दुवैथरीको मोलमोलाइ ५० करोडबाट सुरु भएर एक अर्ब रुपैयाँ लागत बढाउने विषयसम्म पुगेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बस्नेले पाउने गैरकानुनी लाभलाई भ्रष्टाचारका रूपमा परिभाषित गरिएको छ । ऐनमा ‘रिसवत् भन्नाले नगदी, जिन्सी वा अन्य जुनसुकै किसिमको लाभ वा सुविधा सम्झनुपर्छ र सो शब्दले घूससमेतलाई जनाउँछ’ भन्ने उल्लेख छ । त्यही ऐनको दफा ६ मा कमिसन लिनेलाई सजाय हुने व्यवस्था छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार मन्त्री बाँस्कोटालाई भ्रष्टाचारको आरोपमा कारबाही हुनुपर्ने बताए । ‘अख्तियारले तत्काल अनुसन्धान गर्नुपर्छ, प्रमाण नष्ट गर्ने जोखिम भए पक्राउसमेत गर्नुपर्ने हुन्छ,’ कार्कीले कान्तिपुरसँग भने, ‘छानबिन गरेर घूसकै लेनदेन भइसकेको पुष्टि भए भ्रष्टाचार मुद्दा लाग्छ । होइन भने पनि भ्रष्टाचारको उद्योग गरेको आरोपमा मुद्दा चल्नुपर्छ ।’

अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकको उदाहरण दिँदै उनले बाँस्कोटामाथि मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण भएको बताए । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले ‘घटनाबारे आयोग सञ्चार माध्यमबाट सूचित भएको’ प्रतिक्रिया दिए । ‘आयोगले घटनालाई हेरिरहेको छ,’ उनले भने, ‘अब दुई दिन बिदा छ, कार्यालय खुलेका दिन थप थाहा हुन्छ ।’

भ्रष्टाचार निवारण ऐनमा एक करोडमाथिको जतिसुकै अनियमितता गरे पनि ८ देखि १० वर्ष कैद हुने व्यवस्था छ । भ्रष्टाचारको अंकबराबर बिगो र जरिवानासमेत हुन्छ । भ्रष्टाचारको प्रयास मात्रै गरेमा ‘उद्योग गरेको’ मानी आधा सजाय हुने व्यवस्था ऐनमा छ । त्यसरी हेर्दा अख्तियारले छानबिन गरी भ्रष्टाचार मुद्दा अघि बढाएमा बाँस्कोटामाथि ४ देखि ५ वर्ष कैद र उनले मोलमोलाइ गरेको रकममध्ये न्यूनतम ५० करोड रुपैयाँ मान्दा २५ करोड बिगो मागदाबी हुन सक्छ ।

ऐनमा राष्ट्रपतिले नियुक्त गर्ने पदाधिकारीले कसुर गरे सजायमा थप तीन वर्ष जोडिने उल्लेख छ । विशेष अदालतका पूर्वअध्यक्ष कार्कीले भने, ‘दुई हजार रुपैयाँ घूस खाने खरदार र कार्यालय सहायकलाई मुद्दा चलाउने अख्तियारले मन्त्रीका हकमा पनि आँट देखाउन सक्नुपर्छ ।’ साथै घूसको मोलमोलाइमा संलग्न भएको र त्यसमा ‘असल उद्देश्य भएको’ पुष्टि नभएमा रेकर्ड गर्ने विजय मिश्रमाथि पनि मतियारका रूपमा कारबाही अघि बढ्न सक्छ । अख्तियार स्रोतका अनुसार बाँस्कोटाको युरोप भ्रमण, सेक्युरिटी प्रिन्टिङ र स्याटेलाइट खरिद योजनाबारे उजुरी परिरहेका थिए ।

नेपाल टेलिकमका उच्चपदस्थ कर्मचारीसँग मन्त्रीको दुबई भ्रमण क्रममा केही ‘डिल’ भएको जानकारी पाए पनि अख्तियारले प्रमाणको अभाव, राजनीतिक दबाबलगायत कारण केही गर्न सकेको थिएन । टेलिकमको फोरजी विस्तार प्रक्रियासम्बन्धी फाइलको छानबिनमा पनि मन्त्री बाँस्कोटाले टेलिकमकै कर्मचारीले गडबड गरेको हुन सक्ने भन्दै उम्किने प्रयास गरेका थिए । अख्तियार स्रोतले भन्यो, ‘अडियो नै सार्वजनिक भएपछि छानबिन गर्न दबाब बढ्ला कि ?’

७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

Kantipath Media

यो छुट्टाउनु भो कि..