बास्कोटामाथि छानबिन गर्न ओलीद्वारा अस्वीकार

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

gokul oli kantipath

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा आन्तरिक छानबिन गर्नुपर्ने भन्दै आवाज उठेपनि ओलीले उक्त प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए । ओलीले अस्वीकार गरेसँगै बास्कोटामाथि आन्तरिक छानबिन टरेको छु ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिइसकेका छन् ।

‘सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ । तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको भन्दै खबरहरु प्रकाशित भइरहेको बेला बैठकमा प्रधानमन्त्री ओलीमाथि अध्ययन गर्नेबारे भने कसैले प्रश्न उठाउन नसकेको ती नेताले जानकारी दिए ।

नेकपा कार्यकर्ताले नै मागे प्रधानमन्त्रीको राजीनामा

विप्लवले भन्याे- ‘ओलीका असली चेला’को कमिसन काण्डले देश लज्जित भयो

‘सेक्युरिटी प्रेस स्थापनाका लागि मिलोमतो भएको देखिन्छ’

७० करोड कमिसन प्रकरण : दोषी प्रमाणित भए गोकुललाई ८ वर्ष जेल हुने

गोकुल बाँस्कोटाको विवादित यात्रा

ओलीको पहिलो कार्यकालमै सेक्युरिटी प्रेस खरिद कार्यक्रम

‘पूर्व सञ्चार मन्त्री बाँस्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

Kantipath Media

यो छुट्टाउनु भो कि..