सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोडकाे बार्गेनिङ  गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।

‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

Gokul Prasad Banskota call record

समाचार बाहिरिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरुको आङ्गमा जुम्रा खोज्नुभन्दा पहिले आफ्नो आङ्गमा भैसी हेर्नुपर्ने बताएका छन् ।

मन्त्री बास्कोटाको २ मिनेट ३४ सेकेन्डको अडियोसहितको समाचार आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै डा. भट्टराईले भनेका छन्, “अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम ज्यू ! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको ? प्रधानमन्त्री ज्यु, यही हो ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ’भनेको ? ।”

उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन । तर बास्कोटाको अडियो र बाबुरामको ट्वीटले सामाजिक सञ्जाल भने तातेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सामाजिक संजालमा भाइरल भईरहेको छ ।

मन्त्री बाँस्कोटाले ७० घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..