ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्नेहरुलाई : बाबुराम, गगन र रवि लामिछाने ट्वीट गर्दै दिए यस्तो संज्ञा, सामाजिक सन्जालमा खैलाबैला

bab gany gag ravi kantipathnewsकाठमाडौँ । आफूलाई भ्रष्टाचारविरुद्धको सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणप्रति पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । डा. भट्टराईले शाहीमाथि गरिएको आक्रमणमा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेकोतर्फ संकेत गर्दै लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै डा. भट्टराईले लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने बताएका छन् ।

baburam

‘हिजो मण्डलेले लोतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ,’ डा. भट्टराईले ट्वीटर सन्देशमा भनेका छन्, ‘निरंकुशता÷फासिवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरु सामाजिक फासिवाददति अन्मुख भएकै हुन् ? नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि रकम दिने सरकारी निर्णयबारे गम्भीर प्रश्न खडा गरेका छन् । नेता थापाले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफूहरुले एक वर्ष अगाडि पारित गरेको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिन नमिल्ने बताएका छन् ।

gagan kantipathnews

उनले कानून पूर्व राष्ट्रपति वा प्रधानमन्त्रीलाई पनि लागू हुने भन्दै सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो भनी प्रधानमन्त्री ओलीलाई नै प्रश्न गरेका छन् । उनले लेखेका छन्,‘हामीले एक वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन। पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ? यस्तै थापाले असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरेपछि पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले आपत्ति जनाएका हुन् ।

एक वर्षअघि पारित भएको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले नदिने व्यवस्था गरेको छ । तर सरकारले कानूनको उल्लंघन गर्दै पूर्व राष्ट्रपति यादवलाई उपचार खर्च दिने निर्णय गरेको छ । ‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रस्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशकमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन’ थापाले प्रश्न गरे,‘ पूर्व राष्ट्रपति वा वर्तमान प्रधानमन्त्री जो भएपनि यो कानून सबैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रधानमन्त्री ज्यू?’ यसैबीच नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्रले २०६३ को ११ वैशाखमा जारी गरेको विज्ञप्तिको मस्यौदा स्वर्गीय नेता भरतमोहन अधिकारीले तयार पारेको खुलासा गरेका छन् ।

hospital g kantipathnews

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानका तर्फबाट शनिबार आयोजित ‘‘भरतमोहन अधिकारी व्यक्ति एक : व्यक्तित्व अनेक’’ विषयक कार्यक्रममा नेपालले त्यस्तो खुलासा गरेका हुन् । ‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं, दरवारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्ट अनुसार राजाको सम्बोधन भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भएको थियो’ नेपालले स्मरण गर्दै भने, ‘सुरुमा प्यारा देशवासीहरु र अन्तिममा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्नेबाहेक राजाले सबै हामी(एमाले)ले लेखेर दिएको पढे, त्यो मस्यौदा लेख्ने काम भरतमोहन कमरेडले गर्नुभएको थियो ।

नेता नेपालले अधिकारीलाई बहुआयामिक व्यक्तित्वका रुपमा चर्चा गर्दै उनको व्यक्तित्वबाट सबैले शिक्षा लिनुपर्ने बताए । नेता अधिकारी अफ्ठेरो परेका बेलामा निकास दिने व्यक्तित्वको नेता भएको चर्चा गर्दै उनले सही विषयमा अडान लिने आवश्यकताअनुसार लचकता प्रदर्शन गर्नसक्ने राजनेता भएको चित्रित गरे । २०५१ सालमा अधिकारीले घोषणा गरेका लोकप्रिय बजेटकै कारण तत्कालिन एमाले स्थापित भएको चर्चा गर्दै नेपालले २०४७ सालको संविधानको मस्यौदाकारका रुपमा तथा दुई पटक संविधानसभा सदस्य र पटकपटकको मन्त्रीका रुपमा अधिकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, स्वर्गीय भरतमोहनकी पत्नी सबिता अधिकारी, परिवारका अन्य सदस्यहरु, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, राधाकृष्ण मैनाली, कमल कोइराला, बेदुराम भुषाललगायत सहभागी थिए ।

याे पनि पढ्नुहाेस् : शाहीमाथी आक्रमण गर्नेसँग हिसाबकिताब गर्ने गगनको चेतावनी

g g kantipathnewsकाठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको घोर निन्दा गरेका छन् । चितवनमा एक कार्यक्रममा सहभागी जनाउन गएको बेला शाहीमाथि उनी बसेकै होटलमा पुगेर अज्ञात समूहले निर्घात कुटपिट गरेको हो । शाहीको टाउकोमा  चोट लागेको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ ।

कांग्रेस नेता थापाले शाहीमाथि आक्रमण गर्नेलाई कायरको संज्ञा दिएका छन् । उनले भनेका छन्-‘ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।’

gagan kantipathnews

याे पनि पढ्नुहाेस् : शाही माथी गरिएको हमलाको घोर बिरोध गर्दछु : रवि लामिछाने

Gyanendra Shahi Ravi Lamichhane kantipathnewwsकाठमाडौं – चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् । भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजा’वादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका थिए। त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।चितवन मेडिकल कलेजमा उपचार सम्भव नभएपछि अहिले ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ,भने’ यश घटनाले सामाजिक सञ्जाल तातिरहेको बेला चर्चित सञ्चारकर्मी रवि लामिछानेले यस्तो लेखेका छन् :

fb ravi kantipathnews

याे पनि पढ्नुहाेस् : एसपी भन्छन् , ‘ज्ञानेन्द्र शाहीले प्रहरीसंग समन्वय नगर्दा घटना घट्न गयो’

shai police kantipathnewsचितवन । शनिबार दिउँसो चितवनको भरतपुरमा आफुलाई भ्रष्टाचारविरुद्धको नागरिक अभियन्ता बताउने ज्ञानेन्द्र शाही भन्ने ज्ञानबहादुर शाहीमाथी भएको आक्रमणको बिषयमा चितवन प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल ज्ञानेन्द्र शाहीले आफुहरुसंग कुनै समन्वय नगरी आफुखुसी कार्यक्रममा सरिक हुँदा घटना घट्न गएको बताए। शाही चितवन आउने खबर पाएपछी जिल्ला प्रहरी कार्यालय चितवनले उनीमाथिको सुरक्षा खतरा बिश्लेषण गर्दै सकेसम्म चितवनको कार्यक्रममा नआउन आग्रह गरेको जानकारी दिए।

‘तपाईंमाथी सुरक्षा खतरा छ, आउनैपर्ने भए जानकारी गराउनुहोला अनि हामीले सुरक्षाको प्रवन्ध मिलाउछौँ भनेको थियौं तर उहाँले हामीसँग कुनै समन्वय गर्नुभएन।’

हाम्रो पुलिस डट कमलाई संक्षिप्त्त प्रतिक्रिया दिदै एसपी मल्लले भने। ‘ग्लोबल होटेल परिसरमा शाहीमाथी आक्रमण भएको खबर पाउने बित्तिकै तत्काल प्रहरी पुगेर रेस्क्यु गरेकाले थप क्षति हुन पाएन।’

शनिबार दिउँसो भरतपुरको चौबीसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई चौबीसकोठीमा अवस्थित ग्लोबल होटेलको कम्पाउण्ड भित्र केही युवाहरूको समुहले गाडी भित्रै कुटपिट गरेका थिए।

उक्त समुहको आक्रमणमा परेका शाहीको टाउकोमा चोट लागेको छ। उनलाई तत्काल उपचारको लागि चितवन मेडिकल कलेज पुर्याइएको थियो। उनलाई थप उपचारका लागि शनिबार साँझ नै विमानमार्फत काठमाडौं ल्याइएको छ।

शाहीमाथी आक्रमणमा उत्रेको समुहले उनी चढेको माईक्रोबस समेत तोडफोड गरेको थियो। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको चितवन प्रहरीले जनाएको छ।

याे पनि पढ्नुहाेस् : चितवनबाट लखेटिए ज्ञानेन्द्र शाही

Gyanendra Shahi kantipathnewsभष्ट्राचार बिरोधी अभियान्ता भनिने ज्ञान बहादुर शाहीलाई चितवनबाट लखेटिएका छन् । चितवनको चौबिसकोटीमा कार्यक्रम गर्न गएका शाही सोहि स्थानमा स्थानीय युवाहरुले लेखेटेका हुन् । 

स्थानीय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाईंदैन भनेर उनको कार्यक्रमको बिरोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भत्काउनुकोसाथै ब्यानर समेत च्यातिदिएका छन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..