सांसद ‘अपहरण’ गर्नेहरु रातारात हिड्न पाउने : पूर्वराजा घर फर्किन नपाउने ?

gyanendra 14सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ ।

बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए ।समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण भएको घटनातर्फ इंगित गर्दै पूर्वराजा निकट एक व्यक्तिले भने ‘सांसद अपहरण गर्नेहरु रातारात जनकपुर-काठमाडौँ हिड्न पाउने ? अनि पूर्वराजा आफ्नो घर फर्किन नपाउने ? बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यहाँ रहन बाध्य रहेका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..