सवारी पास लिएर पूर्वराजा ज्ञानेन्द्र शाहकाे दम्पत्ती काठमाडौं फर्किदै

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फिर्ता भएका छन् ।

झापामै थुनिए पूर्वराजा : गृहको आदेशमा सवारी पास रद्ध

gynendra shaha komal shahaझापाको दमकमा रहेको हिमाल महालक्ष्मी चिया बगानस्थित निवासबाट आज (शुक्रबार)बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका हुन् ।

कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन लागू गर्नुअघिदेखि उनी झापामा थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत ५ जनाको सवारी पास जारी गरिएको बताए ।

पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौं जानका लागि बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो ।

अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको रानाले जानकारी दिए ।

यसअघि गृह मन्त्रालयले पूर्वराजा शाहलाई काठमाडौं आउन पास नदिने बताएको थियो । झापा जिल्ला प्रशासन कार्यालयले पास जारी गरे पनि केही बेरमै गृहले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो ।

पास खारेज भएपछि प्रशासनले पुनः पासका लागि गृहसँग अनुमति मागेको थियो । तर, गृहले दोस्रो निवेदन पनि खारेज गरेको थियो ।

सवारी पास रद्द गरेको खवर सामाजिक सञ्जालमा आउन थालेपछि गृहको उक्त कदमप्रति चौतर्फी विरोध भएको थियो ।

विरोध बढ्दै गएपछि गृहमन्त्रालय आफ्नो पछिल्लो निणर्यबाट पछि हट्दै प्रक्रिया नपुगेको भनिएको उक्त पासलाई शुक्रबार उपलब्ध गराउने निणर्यमा पुगेकोे हो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..