annapurna add

army5ec776c044ca1

नेपाली सेनाका केही बहालवाला कर्णेलहरु कठोर कारवाहीको फन्दामा पर्ने भएका छन् । भक्तपुरस्थित सैनिक अवासीय महाविद्यालयमा तीन वर्षअघि भएको आर्थिक घोटाला प्रकरणमा कोर्टमार्शल भई कारवाही सिफारिस भएका कर्णेल भूपालमानसिंह अधिकारीसहितका तीन–चार जना सैनिक अधिकारीमाथि सजायबारे आजै जंगी अड्डाले सार्वजनिक गर्ने भएको हो । सैनिक अवासीय महाविद्यालयको कमाण्डेट हुँदाका समयमा घोटालाबारे व्यापक कुरा उठेपछि उनी छानवीनको दायरामा परेका थिए । त्यसको अन्तिम सुनुवाई भइसकेको र आजै जंगी अड्डाले सार्वजनिक गर्न लागेको हो ।

कर्णेल सुरेश गुरुङको अनियमितताका पुलिन्दा : कमिसन र भ्रष्ट्राचारमा रेकर्ड

वीरेन्द्र सैनिक अस्पताल छाउनीको घोटाला प्रकरणमा मुछिएका अर्का सहायक रथी (जर्नेल) प्रयोगजंग राणा र नवीन सिलवालमाथिको कारवाही पनि अन्तिम चरणमा पुगेको छ । करोडभन्दा माथिको घोटालामा मुछिएका यी जर्नेलमाथिको सोधपुछको क्रम सकिएको छ । अब उनीहरुमाथिको सजायँ सुनुवाई हुनमात्रै बाँकी रहेको सैनिक स्रोतले जनाएको छ । तर विभिन्न खरिद प्रक्रियामा मुछिएका कर्णेल सुरेश गुरुङ भने कारबाहीबाट छुटेका छन् ।

यी जर्नेलहरुलाई जेल हालेर करोडसम्म जरिवाना गर्ने जङ्गी अड्डाको तयारी

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...