कान्तिपथ समाचार प्रभाव : पक्राउ परे साढुभाई ठग्ने ठेकदार होमराज गौतम

आफ्नै साढुभाईलाई लाखौ ठगेर बिचल्ली बनाई आत्महत्याको प्रयास गर्न समेत बाध्य पारेको आरोपमा रामेछापका ठेकदार होमराज गौतम पक्राउ परेका छन् । नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचका अध्यक्ष समेत रहेका गौतमलाई महानगरीय प्रहरी परिसरबाट खटिएको साधा पोसाकको प्रहरीले पक्रिएको प्रहरी स्रोतले जनाएको छ ।

गौतमले आफ्नै साढुभाईलाई एक करोडको ठेक्का दिएर पछि ४६ लाखको मात्र काम भएको र घाटामा गएको भन्दै पिडित भरत गौतमलाई ७ लाख मात्र दिएको विषय कान्तिपथले फलोअप सहितका समाचार प्रकाशन गरेको थियो ।

ठेकदार होमराजले पैसा नदिएपछि भरतले सहकारीको किस्ता र ब्याजको रकम तिर्न नसक्दा सहकारीले उनको पसल समेत जफत गरेको छ । सबैतिर घाटा मात्र व्यहोरिरहेका भरतले आत्महत्या गर्नका लागि भन्दै रासायनिक मल खाएका थिए । तत्काल उद्दार हुँदा अस्पताल लगेपछि उनको ज्यान बचेको थियो ।

सम्बन्धित समाचार १ : ठेकदार रत्न गौतमका भाईको ठगिधन्दा : आफ्नै साढुभाईको पारे बिचल्ली

सम्बन्धित समाचार २ : ठेकेदार ठगि प्रकरण : अध्यक्ष ठग्ने, सचिव बचाऊमा विज्ञप्ति निकाल्ने

श्रीमती लगायत आफन्तको उजुरीको आधारमा ठेकदार गौतम विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा परेको छ । ठेकदार गौतम निर्दोष छन् भन्दै उनको बचाऊमा नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचका सचिव छत्र बहादुर मगरले विज्ञप्ति निकालेका छन् । नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचका सचिव छत्र बहादुर मगरले विज्ञप्ति समेत निकालेका थिए।

कान्तिपथलाई पिडित भरत गौतमले होमराज गौतमको हिमान्जय कन्स्ट्रक्सनको नाममा काम गरेर लिएको बिलको बन्डलको प्रतिलिपि समेत दिएका छन्, जुन यस अघिको फलो अप समाचारमा समाविष्ट छ। गौतम विरुद्धको उजुरीमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..