ठेकेदार ठगि प्रकरण : अध्यक्ष ठग्ने, सचिव बचाऊमा विज्ञप्ति निकाल्ने

ठगि गरेको भन्दै सामाजिक संजालमा विवादित बनेका नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचका अध्यक्ष होमराज गौतमको बचाउ गर्दै नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचका सचिव छत्र बहादुर मगरले विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा मगरले कान्तिपथ मिडियामा प्रकाशित समाचार उल्लेख गर्दै होमराज गौतम र रत्न गौतमको चरित्रहत्या गर्न खोजेको उल्लेख गरेका छन् । यसैबीच समाचार प्रकाशित भएपछि पिडित भरत गौतम कान्तिपथको सम्पर्कमा आएका छन् । मिडियाको अफिस मै आएर उनले भने, ‘मलाई सुरुमा होमराज गौतमले १ करोडको भनि काम दिए पछि पिचको जति काम आफैं गरेर ढलानको काम गर्न दिए । मैले जम्मा ४६ लाखको काम गरेको हुँ, तर ७ लाक रुपैयाँ मात्र भुक्तानी पाए’ ।

सम्बन्धित समाचार : ठेकदार रत्न गौतमका भाईको ठगिधन्दा : आफ्नै साढुभाईको पारे बिचल्ली

कान्तिपथलाई पिडित भरत गौतमले होमराज गौतमको हिमान्जय कन्स्ट्रक्सनको नाममा काम गरेर लिएको बिलको बन्डलको प्रतिलिपि समेत दिएका छन् । भरतसंगै आएका उनका एक आफन्तले भने, ‘ठेकेदारले पैसा नदिंदा बिजोक भएपछि भरतले रासायनिक मल खाएर आत्महत्याको प्रयास समेत गरेका थिए, यस्ता ठगहरुलाई आत्महत्या दुरुत्साहनको मुद्धा चलाउनु पर्छ’ ।

होमराजको हिमान्जय कन्स्ट्रक्सन मार्फत काम गर्दाको बिल :

नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचको विज्ञप्ति :

पिडितले सामाजिक संजालमा लेखेको स्टाटस :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..