annapurna add

काठमाडौं । काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गरे ५० हजार धरौटी राख्नु पर्ने भएको छ ।

dhulikhel hospitalअस्पतालले सोमबार एक सूचना जारी गर्दै सामान्य लक्षण भएका बिरामी भर्ना गर्न पनि कम्तीमा ५० हजार धरौटी राख्नै पर्ने व्यवस्था गरिएको जानकारी गराएको हो ।

सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणबाट पछि हटेसँगै अस्पतालले यस्तो जानकारी गराएको हो ।

लक्षण नभएका बिरामीले पनि कम्तीमा दिनको ३५ सय रुपैयाँ तिर्नुपर्ने समेत स्पष्ट पारेको छ । यसका साथै औषधि तथा रोग निदानमा थप खर्च भए त्यसको पनि जिम्मेवारी संक्रमित स्वयंले लिनुपर्ने सूचनामा अस्पतालले उल्लेख गरेको छ ।

तर आइसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी राख्नु पर्ने समेत अस्पतालले उल्लेख गरेको छ ।

दैनिक रूपमा आइसियूमा राखिएका बिरामीले भने १५ हजार खर्च लाग्ने जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...