आइजिपी नियुक्ती बिबाद, कहिले लाग्छ किनारा

IGP Clsh min

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादबारे  अन्तिम बहस निवेदक पक्षले मात्र वहश गरेकाले हेर्दा हेर्दै अाजलाई सरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले यो रिटमाथिको सुनुवाई चैत ६ गतेलाई सारेको थियो।

आइतवार सर्वोच्चमा आइजीपी वहश सुनुवाई शुरु भएको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आइतवार यो मुद्दामा अन्तिम सुनुवाइ गरिरहेको थियो। प्रधानन्यायाधीशसहित हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले हेर्न लागेको हो।

अान विपक्षी र सरकारी वकिलले वहश गर्ने छन् । उनीहरुको वहशपछि निवेदककाे तर्फबाट जवाफ दिएपछि सर्वोच्चले फैसला सुनाउने छ । सर्वाेच्चद्वारा यसअघी जारि अन्तरकालिन आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ। सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बढुवाका लागि सिफारिस गरेको थियो।

आइजीपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो।

सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए। रिटमाथिको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चन्दलाई गरेको बढुवा यथास्थानमा राख्न आदेश दिएकी थिइन्।

अाफ्नाे पक्षमा फैसला मनाउँन नेताको घरदैलोमा पुगे सिलवाल !

यसै बिच अाफ्नाे पक्षमा फैसला अाउनसक्ने भन्दै अर्का डिआइजी नवराज सिलवालले बिभिन्न शक्तीकेन्द्रमा लबिंग थालेकाे समाचार सहकर्मी “Diyopost”ले प्रकाशन गरेकाे छ । तलकाे अंश हामीले साभार लिएका छाै । सहकर्मी दियाेपाेष्टले सरकारका कानुन सल्लाहकार महान्याधिबक्ता रमण श्रेष्ठले बहश बहिष्कार गर्नु भएकाे जनाएकाे छ।

आफूलाई आइजिपी बनाउँनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका सिआइबी प्रमुख डिआइजी नवराज सिलवाल विभिन्न दलका नेताको घर घर पुगेको भेटिएको छ । ‘सर्वोच्च अदालतले मेरो पक्षमा फैसला सुनाउँछ । त्यसलाई तपाईंले मान्दिनु पर्याे, भन्दै सिलवाल मेरो घरमा आउँनु भएको थियो,’ डिआइजी सिलवालको भनाई उदृत गर्दै एक मन्त्रीले भने,‘यो सुचना लिएर सबै दलको शिर्ष नेताको घरमा सिलवाल पुगेका छन् ।’

स्रोतका अनुसार सर्वोच्चको फैसलाबारे मनाउँनका लागि सिलवालले केही दिन अघि माओवादी कोटाबाट मन्त्री बनेका कृष्ण बहादुर महरा कहाँ पुगेका थिए । माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतको समेत सहयोगमा उनी महराको ढोका ढक्ढक्याउन पुगेका थिए । ‘मलाई सुशील कार्कीले बचन दिइसक्नु भएको छ, अब मन्त्रीज्युले पनि सहयोग गर्नु पर्याे,’ सिलवालको भनाई उदृत गर्दै महरा निकट स्रोतले भन्यो,‘अन्य मन्त्रीलाई पनि मनाइदिन आग्रह आएको छ ।’

सिलवालले कांग्रेसका नेताहरुलाई पनि भेटेका छन् । भेटका क्रममा उनले आफ्नो पक्षमा सर्वोच्चले गर्ने निर्णयको विरोध नगर्न’ भन्दै अनुनय गर्दै आएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..