इन्डोनेसियामा भीषण भूकम्पको एक वर्ष

Indonesia kantipathnewsइन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो । 

गत वर्षको सेप्टेम्बर महिनामा तटीय शहर सुलावेसीमा आएको ७.५ रेक्टर स्केलको भूकम्पको मारिएका व्यक्तिहरुको सम्झनामा सामूहिक प्रार्थना गर्ने कार्यक्रम सम्पन्न भएको सम्बन्धित अधिकारीहरुले जनाएका छन् । 

यस भूकम्पमा परी मारिएका र बेपत्तासहित व्यक्तिको सङ्ख्या करिब ४ हजार ३००  भएको जनाइएको छ । सो भूकम्पको कारण घरबारबिहीन भएका करिब ६० हजार व्यक्तिहरु अझै बिभिन्न शरणार्थी स्थलमा रहेका बताइएको छ  ।  

इन्डोनेसियामा बारम्बार भूकम्पको प्रकोपले सतारहेको हुन्छ ।  इन्डोनेसियामा सन् २००४ मा गएको ९.१ भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा २ लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो  । लाखौ व्यक्ति  घरबारबिहीन भएका थिए ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..