रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

काठमाडौँ । रुकुम पश्चिममा भएको हत्याकाण्डले नयाँ मोड लिएको छ । प्रहरीका अनुसार भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको हो ।

Janardhan Sharma Rukum massacreरुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डोरीले हात बाँधेको र टाउको गम्भीर चोट लागेको अवस्थामा सुनारको शव फेला परेको छ ।

जेठ १० गते प्रेम सम्बन्धलाई लिएर सोतीबासीले गरेको आक्रमणपछि लोकेन्द्र बेपत्ता थिए । नवराज बिकसँगै गएका दुई जना अझै बेपत्ता छन् ।

यसअघि भेरी नगरपालिका–४ का नवराज विक, टिकाराम सुनार र गणेश बुढाको शव भेरी नदीमा फेला परेको थियो । बेपत्तामध्ये लोकेन्द्रको शव गोताखोरले बुधबार निकालेका हुन् ।

भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । सुष्मा मल्लले प्रेम सम्बन्धलाई विवाहमा बदल्न बोलाएपछि नवराज बिक १८ साथीसहित केटी ल्याउन सोती गाउँमा पुगेका थिए ।

गाउँमा पुग्न नपाउँदै केटी पक्षको आक्रमणमा परी केहीलाई मारेर नदीमा बगाएको भाग्न सफल युवाहरुले बताएका छन् ।

केटी पक्षका सबै भनाईहरु झुट भएको भन्दै केटी पक्षले गरेको दाबी लोकेन्द्रको शव भेटिएसँगै झुट भएको पुष्टि भएको छ । 

घटनाको अगुवाई गरेको सुष्माका बुबा वीरबहादुर मल्ल, वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन् ।

घटनामा तोडमोड गर्न संसदमा बोलेको रुकुम पश्चिमका सांसदसमेत रहेको जनार्दन शर्माले समेत उनीहरुले आफै हामफालेको बताएका थिए ।

संसदमा के भनेका थिए जनार्दन शर्माले हेर्नुहाेस् भिडियाेमा 

उनको यो भनाई झुट भएको पुष्टि गर्दै शर्माले घटनालाई राजनीतिकरण गर्न खोजेको स्पष्ट देखिएको छ । आफ्ना सहयोद्धा वडा अध्यक्षलाई बचाउन शर्माले विभिन्न खालका फण्डाहरु गरिरहेका छन ।

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..