रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

काठमाडौँ । गत जेठ १० गते रुकुम चौरजहारी नगरपालिका–८ मा भएको घटनालाई लिएर चौतर्फी विरोध भएको छ । अन्तर्जातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य व्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाउन उक्त घटना प्रति प्रश्न उठ्न थालेको छ ।

संसदमा के भनेका थिए जनार्दन शर्माले हेर्नुहाेस् भिडियाेमा

मुख्यत संसदमा जनार्दन शर्माले दिएको अभिब्यक्तीप्रती चर्को रुपमा आलोचना हुन थालेको छ । उक्त घटनाप्रती उनले गाउलेहरू देख्न साथ हाम फालेर मरेको भन्दै नेता शर्माले बताएका थिए ।

तर मृत्यु भएका लोकेन्द्र सुनारको हात बाँधिएको अवस्थामा भेटिए पछि त्यहाँकै स्थानिय बासिन्दा, वडा अध्यक्ष, प्रहरी प्रशासन लगाएतको मिलेमत्तोमा घटना घट्न सफल भएको देखीन्छ ।

तर हिजो मात्रै जनार्दन शमाले संसदमा मेरो आफ्नो गृह जिल्लाको घटनाको बारेमा म केही बताउँछु भन्दै उनले बोलेको कुराको बिरोध हुँदा हुँदै पनि उनले केही कुरा बताएका थिए । जुन उनले बोलेको कुराको चौतर्फी आलोचना हुन थालेको छ ।

उनले उक्त घटनाप्रती किन यस्तो अभिब्यत्ती दिए, के आधारमा बोले, कसले यस्तो गलत सूचना दियो भन्दै आम जनताले उनि माथि नै शंका गर्न थालेका छन् ।

उनले हिजो संसदमा बोलेको अभिब्यक्ती र घटनाको परिस्थिति, मृत्त भेटिएको लासलाई हेर्दा त्यहाँकै जिम्मेवार ब्यक्तीहरुले घटाएको हो भन्ने प्रमाण जुट्न थालेको छ । यि सबै तथ्य हेर्दा ज्युदै बाँधेर नदिमा फालेको उक्त घटनाको अवस्थाले प्रश्ट्याएको छ । कतै जनार्दन शर्मा नै त घटनालाई ढाकछेप गर्न लागि परेका त छैनन् भन्दै उनि माथि नै शंका उत्पन्न भएको छ ।

कठै अहिले जनार्दन शर्माले के सोच्दै होलान्, आफैँ हाम फालेर मरेका हुन् कि कसैले ज्युदै बाधेर फालेको होलान् यो कुरा उनले गहिरो रुपमा बुझ्ने कि नबुझ्ने, सोच्ने कि नसोच्ने कि गाँउलेहरू देख्न साथ आफैं हाम फालेर मरेको हुन् भन्दै संञ्चार माध्यमहरुमा फेरि पनि बोल्दै हिड्ने हो, यो प्रश्न पनि खडा भएको छ ।

उक्त घटनाप्रती उनलाई त्यस्तो जानकारी दिने कुन निकाय हो, कुन प्रशासन हो , सिडियो, प्रहरी प्रमुख वा गाउँलेहरु हुन् । घटना र नेता शर्माले बोले कुरा सुन्दा उनले नै बोलेको कुरा झुटो हुन पुगेको छ । यस विषयको वास्तविकता बुझ्न आम जनताहरु आतुर छन्, त्यसैले दोषीलाई मात्र हैन अब गलत सूचना दिनेहरुलाई पनि कारबाही हुनुपर्छ।

गाउँलेहरुको लखेट्दा हराइरहेका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । अझैं २ जना बेपत्ता छन् । गाँउलेको कुटाईबाट नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको शव भेटिएको थियो । सो घटनामा परी गोविन्द सुनार, सञ्जु विक र गोविन्द शाही बेपत्ता थिए ।

नवराजकी प्रेमिका भनिएकी सुष्मा मल्ल हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेका थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए । सो क्रममा ३ जनाको मृत्यु भएको थियो ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..