यस्ताे छ कञ्चनपुरका मेयर हमालको ‘रक्सी काण्ड’को भित्रि रहस्य, कैलालीमा ‘बाख्रा’ अनुदान

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा १५ लाखको बाख्रा पालन र १५ लाखको माछा पालनको पकेट कार्यक्रम सञ्चालन गर्दै छ।

मेयर हमालकाे टाेलीले समाचार र फेसबुक स्टाटस् हटाउन दबाब दिदै कृतिमा गिरिलाई

कान्तिपथबाट प्रकाशित मेयर हमालकाे दादागिरीकाे समाचारप्रति कांग्रेसको गम्भिर ध्यानाकर्षण

काङ्ग्रेसद्वारा हाेटल संचालकलाई धम्की दिने मेयर हमाललाई राजिनामा दिन माग

कृष्णपुरका मेयर कर्णको दादागिरी : राति बन्द होटलमा गएर रक्सी माग्दै, होटल संचालकलाई धम्की

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत नगरपालिकाले १५/१५ लाख बजेट बाख्रा र माछा पालन पकेट कार्यक्रम सञ्चालनका लागि शसर्त अनुदान पाएको हो।

नगरपालिकाले १० भन्दा बढी बाख्रा भएकालाई ठूला किसान र १० भन्दा कम बाख्रा भएकालाई साना किसान भनेको छ। नगरपालिकाको मापदण्ड अनुसार ठूला किसानलाई ५० हजार र साना किसानलाई ३८ हजार बाख्राको खोर निर्माणका लागि अनुदान दिने भनिएको समाचार दिनेश खबरमा छ।

१५ दिने बाख्राको खोर सुधार अनुदानको लागि सूचना जारी गरेको नगरपालिकाले अनुदान पाउँने किसfनहरुको सूची समेत सार्वजनिक गरेको छ।

उनीहरुलाई असार १० गतेभित्र खोर निर्माणको काम सक्न भनिएको छ। १० गतेपछि नगरपालिकाका प्राविधिकले खोरको स्थलगत अनुगमनमा जानेछन्।

तर नगरपालिकाले कैलालीमा बाख्राको खोर भएका किसानलाई अनुदान दिने सूचीमा नाम राखेको पाइएको छ। नगर प्रमुख कर्णबहादुर हमालले कैलालीको गोदावरीमा खोर भएका बिनोद भटराईलाई अनुदान पाउने किसानको सूचीमा समावेश गराएका हुन्।

बाख्राको अनुदान पाउने सूचीमा १४ जना छनोट भएका कृष्णपुर नगरपालिकाका पशु चिकित्सक मानबहादुर केसीले बताए। उनले भटराईको नाम अनुदान पाउनेको सूचीमा रहेको बताए।

उनले  भने, “उहाँले अनुदान पाउनु भएको छैन्। तर पाउने सूचीमा उहाँ पर्नुभएको छ। १० गतेसम्मका लागि समय दिएका छौ। १० गतेभित्र खोर निर्माण भए, अनुदान पाउनुहुन्छ।”

कैलालीमा खोर भएका भटराईले अनुदान पाएको भन्दै मेयर हमाललाई ‘रक्सी पाटी’ समेत दिएको स्रोतले बताएको छ। बिहीबार कैलालीको गोदावरीमा होटल सञ्चालकलाई गरेको दुव्र्यवहारमा भटराईलाई अनुदानको कार्यक्रम दिलाएबाफत उनले ‘रक्सी पाटी’ दिएको स्रोतको दाबी छ।

निषेधाज्ञा भएकाले कैलालीको गोदावरीमा बाख्रा लिएको बताए।

यस्तै रक्सि काण्डमा मुछिएका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालको समुुुुुुुुुुुुुुहले फेसबुकमा राखेका स्टाटस हटाउन होटल संचालकलाई दबाब दिएको छ । बिहिबार राति बन्द भैसकेको कैलालीको गोदावरीमा रहेको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै होटलका संचालक विष्णुदेव गिरिलाई मेयरको समुहले धम्की दिएका थिए ।

होटलका संचालक गिरिकी छोरी कृतिमा गिरिले आफ्ना बुवाबिरुद्ध मेयर कर्ण बहादुर हमालले दिएको धम्की सहन नसकेर असार २ गते राती नै फेसबुकमा एक स्टाटस पोस्ट गरेकी थिइन् । नगरपालिकाको ००१ झ ३९९ नम्बरको स्कार्पियो राति १० बजेर १० मिनेटमा होटलमा आएर धम्की दिएको कृतिमा गिरिले बताईन् ।


अहिले सोही बिषयलाई लिएर सामाजिक सञ्जालमा एक स्टाटस भाईरस भएपछि मेयरकै समुहका नेचुरल होटलका संचालक राम प्रसाद भट्टराईले कृतिमा गिरिलाई बारम्बार टेलिफोनमार्फत सम्पर्क गरी समाचार र पोष्ट डिलिट गर्न दबाव दिएको फोन रेकर्ड कान्तिपथ डटकमले सार्वजनिक गरेकाे छ ।

यस बिषयमा बुझ्ने प्रयास गर्दा मेयर हमाल सम्पर्कमा आउन मानेका छैनन् ।

यस्तै बिच नेपाली कांग्रेस कृष्णपुर नगर कार्य समितिले नगरप्रमुख कर्ण बहादुर हमालको क्रियाकलापप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै राति राति बन्द होटल गएर रक्सी माग्दै होटल संचालकलाई धम्की दिएको समाचार बिभिन्न संचार माध्याममा आएपछि यसप्रति आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको हो ।

कृष्णपुर नगरपालिकाकै अभिभावक जस्तो ब्यक्तिले शक्ति र श्रोतको दुरुपयोग गरी निन्दनिय अबच्छित क्रियकलाप गरेको प्रति आपत्ति जनाउदै यस घटनाले तत्काल पदवाट राजिनामा दिन माग गरेको छ ।

Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..