काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो [आदेशसहित]

काठमाण्डाैं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाण्डाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ ।

पहिले खाद्यान्न पसल मात्र खोल्न दिने निर्णय परिवर्तन गर्दै एक हप्ता निधोषज्ञा थपिएको छ ।

खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ ।

साथै हार्डवेयर पसल ४ बजेपछि खुला गर्ने, कृषि कार्य सञ्चालन गर्न सहजीकरण गर्न दिने निर्णय भएको हो ।

अनलाइन डेलिभरी बिहान सात बजेदेखि सञ्चालन गर्न दिने, होटल बन्द गर्ने तर, होम डेलिभरी गर्न दिने निर्णय भएको छ ।

शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए  ।

जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए ।

उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो ।

तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।

उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..