खाँडादेवीमा पुर्व विद्यार्थीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

७ असार, मन्थली । रामेछापको खाँडादेवी स्थित कृष्ण माविका भूतपूर्व विधार्थीहरुको एकता समाजले खाँडादेवी गाउँपालिका वडा नं ७ लाई विविध स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लामा कोभिड संक्रमितको दर अझै नघटेकाले स्वास्थ्य सामाग्री वितरण गरिएको अखिल (क्रान्तिकारी ) काठमाडौं जिल्ला संयोजक समेत रहेका विद्यार्थी समाजका अध्यक्ष कृष्ण थापामगरले वताए ।

पूर्व विधार्थी एकता समाजको समन्वयमा विभिन्न स्थानीय संघ संस्थाहरु जनज्योती युवा समाज, खाँडादेवी- काठमाडौं उद्यमशिल युवा समुह , क्षेत्री कल्याण समाज, छारघ्यालम् बुद्ध सेवा समाज, मिड जोन सर्भिसेज, स्वास्थ्य विभाग लगायत विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको सहयोगमा संकलित स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ७ का अध्यक्ष असलसिंह तामाङलाई हस्तान्तरण गरिएको थियोे ।

हस्तान्तरित सामाग्रीहरुमा आइसोलेसन बेड ३ सेट , अक्सिजन सिलिन्डर ५ थान(१०लि.), पिपिइ १० थान, एन्टिजेन कीट ५० थान, थर्मल गन १५ थान , रेगुलेटर ३ थान , अक्सिजन मास्क ४ थान, अक्सिमिटर १५ थान, थर्मोमिटर १४ थान, गाउन सेट ५० थान, गमबूट ३ थान, एक्ज्यामिनेसन ग्लोप्स १०० थान, सर्जिकल ग्लोप्स १०० थान, N95 मास्क १०० थान, फेस सिल्ड २० थान, मास्क ५०० थान, भिटामिन सी ५० थान, भिटामिन डी ५० थान, जिन्क ५० थान र प्यारासिटामोल ५० थान लगायत छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पूर्व विधार्थी एकता समाजका अध्यक्ष मगरले कोरोना जोखिम नियन्त्रण र रोकथामका लागि संयुक्त कोभिड-१९ हेल्प डेस्क निर्माण गरी वडा अन्तर्गतका स्वास्थ्य केन्द्रहरुलाई सहयोग गरेको बताए । स्वास्थ्य सामाग्री बुझ्दै वडा अध्यक्ष तामाङले सहयोग गर्ने पूर्व विधार्थी एकता समाज लगायत सबैलाई धन्यवाद दिएका थिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का रामेछाप जिल्ला कमिटी सचिवालय सदस्य एवं रामेछाप रेडक्रसका जिल्ला सभापति शिव कुमार कार्की, माओवादी केन्द्रका स्थानीय नेता देव बहादुर घिसिङ, नेकपा (एमाले) का स्थानीय नेताहरु चतुरमान लामा, ठगेन्द्र थापा मगर, श्री कृष्ण माविका प्रधानाध्यापक कुलबहादुर कार्की लगायतको उपस्थिति थियोे ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..