अन्तर्राष्ट्रिय युवा दिवसमा विविध कार्यक्रम गरीने

Khairahani mnuy kantipath

प्रनिश थापा ,चितवन २२ साउन । चितवनको खैरहनी नगरपालिकाले आउँदो साउन २७ गते पर्न गएको अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

नगरपालिकाले दिवसको अवसरमा प्रभातफेरी र अनाथ आश्रमहरुमा निशुल्क भोजन गराउने कार्यक्रम निर्धारण गरेको खैरहनी नगरपालिकाका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै, नगरपालिकाले दिवसका अवसर पारेर साउन २६ गते सेवा आश्रममा भोजन गराउने, भरतपुर साहारा नेपाललाई खाद्यान्न सहयोग र खैरहनीस्थित आधारतभूत विद्यालयमा विशेष कक्षाका विद्यार्थीहरुलाई लत्ता कपडा वितरण गर्ने कार्यक्रम तय भएको शिक्षा अधिकारी पौडेलले बताए ।

यता, रक्तदान कार्यक्रम भने नेपाल रेडक्रस सोसाइटीले पछि छलफल गरेर मिती तय गर्ने जनाइएको छ ।

आज मंगलबार नगरपालिकाभित्र रहेका युवाहरुसँग छलफल गर्दै युवा दिवसको अवसरमा नगरपालिकाका सामाजिक विकास संयोजक मनेजर महतोको संयोजकत्वमा मूल समिति समेत बनाइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..