काेराेना महामारीकाे बेला राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्।

तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।

संसद सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्य भएको जानकारी गराएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद सचिवालयले सूचना टाँस गरेको संसद सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बताए।

यसअघि मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।

आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले कामचलाउ बनेको मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो। उक्त बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची थियो।

लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।

शंकर पोखरेल

दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि जनता समाजवादी पार्टीको निर्णयविपरित मन्त्री बनेका चार जनाको पद दुई साता पनि टिक्न सकेन।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै उनीहरुको मन्त्री पद स्वत: गुमेको छ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सजपाले संयुक्तरुपमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए।

विमला वली

तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ३ सांसदसहित ४ जना मन्त्री बनेका थिए। एक जना कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ४ जनाले बहुमतको आधारमा संसदीय दलको नेता परिवर्तन गरेको निर्णय गर्दै सरकारमा सहभागी भएका थिए।

उनीहरुलाई सोही दिन जसपा लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोध्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको थियो।

उनीहरुले पार्टी निर्णयविपरित मुख्यमन्त्रीलाई साथ दिएको भन्दै सांसद पदबाट पनि हटाइएकाे थियाे। उनीहरुलाई सांसद र पार्टीको जिम्मेवारीबाट हटाएकोमा अध्यक्ष महन्थ ठाकुर भने असन्तुष्ट थिए।

उनले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्रसमेत दिएका थिए।

उनीहरुलाई बिहीबार प्रदेश सभा सदस्यबाट पनि पदमुक्त गरिएको हाे।

प्रदेश सभा सदस्यबाट हटाएपछि उनीहरुले कानुनी उपचार खोज्ने बताएका थिए।

जसपाका ४ नेता आज सर्वोच्चमा रिट दायर गर्ने तयरीमा भए पनि मुख्यमन्त्रीले राजीनामा दिएसँगै उनीहरुकाे मन्त्री र सांसद पदसमेत गुम्ने स्थिति बनेकाे छ।

उनीहरु अब के गर्ने भन्नेबारे छलफलमा रहेको एक नेताले बताए।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..