annapurna add

काठमाडौँ । बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ ।

kumariशनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९: ०० बजेदेखि ११: ०० बजेसम्म भौतिक दूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिनु भएको छ ।

पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।

कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउनुहुन्छ । किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहनु भएका अन्य कुमारी पनि घरमै रहनुहुने भएको छ ।

वसन्तपुरस्थित काठमाडौँ दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गर्नुभएको छ ।

वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवारी वस्तीमा प्रचलनमा रहनु भएका कुमारीको छुट्टै महत्व छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...