सांसद श्रेष्ठमाथि राजनैतिक पूर्वाग्रह साँध्न खोजियो : अनुगमन प्रतिनिधि

रामेछाप नगरपालिका वडा नं. ४ स्थित श्री रेणुकादेवी मावि घेराबार पर्खाल तथा खेलकुद मैदान निर्माणका लागि स्थानिय पूर्वाधार विकास साँझेदारी कार्यक्रमबाट आ.व. २०७६÷०७७ मा विनियोजित ४० लाख बजेटमा कमिसनको खेल भन्दै प्रसारित समाचार भ्रामक भएको भन्दै अनुगमन प्रतिनिधि धनबहादुर तामाङले खण्डन गरेका छन् । जनता टेलिभिजनद्धारा प्रसारण गरिएको समाचारले आफुलाई गम्भिर तुल्याएको तामाङ्गले बताए ।

विघटित प्रतिनिधिसभाका सदस्य श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले विद्यालयको घेराबार निर्माणमा कमिसन लिएको आरोप लागेको थियो । रामेछापबाट निर्वाचित संघिय सांसदलाई उक्त आरोप लागेपछि जिल्लामा सनसनी मच्चिएको छ । एक टेलिभिजनमा बिना प्रमाण समाचार सम्प्रेषण गरेपछि जिल्लावासीमा भ्रम पर्न गएको हो । रामेछाप नगरपालिका वडा नं ५ धारापानीस्थित रेणुकादेवी माध्यमिक विद्यालयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित ४० लाख मध्ये श्रेष्ठले २२ लाख कमिसन लिएको आरोप लागेको हो ।

उक्त योजनाबाट प्रतिनिधिसभा सदस्य मा. श्याम कुमार श्रेष्ठ समेतले ठुलो रकम हिनामिना गरी जुन शिर्षक अनुसार विनियोजित भई प्राविधिक स्टीमेट बमोजिम काम नगरेको भनी भ्रामक समाचार संप्रेशन गरेकोमा माननीयज्युको तर्फबाट अनुगमन प्रतिनिधिको हैसियतले म धन बहादुर तामाङको तर्फबाट गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउँन चाहान्छु भन्दै तामाङ्गले प्रेस नोट सार्वजनिक गरेका छन् ।

राजनैतिक पूर्वाग्रही ढंगले तथ्यहिन, कपोल्कल्पित, विना प्रमाण समाचार संप्रेशन गर्नाले निष्पक्ष र स्वतन्त्र पत्रकारिता माथि प्रश्न खडा हुने गरेको अनुगमन प्रतिनिधिको ठहर छ। वजेट विनियोजन पश्चात योजनाको कार्यन्वयन, अनुगमन र अन्तिम भुक्तानी समेत सम्बन्धित स्थानीय तहले नै गर्ने हुनाले रामेछाप नगरपालिकाको इन्जिनियरले तयार गरिएको स्टीमेट अनुरुप काम भएको हो वा होईन, नगरपालिका कार्यालयबाट र अनुगमन प्रतिनिधिको तर्फबाट स्थलगत समेत अनुगमन भए भएन, काम भए अनुसारको मुल्याङ्कन भयो या भएन भन्ने बारेमा समेत रामेछाप नगरपालिकाको कार्यालयमा बुझेर मात्रै सत्य, तत्य समचार संप्रेशन गर्नुपर्नेमा गलत मनसायबाट अभिप्रेरीत भई तथ्यलाई तोडमोड गरी समाचार संप्रेशन गर्ने रिपोर्टर र संचार गृहको नियतमा खोट देखिएको तामाङ्गले बताए ।

यस्ता भ्रामक समाचारबाट भ्रममा नपर्नुहुन आम जनसमुदायलाई अनुगमन समितिको तफ्रबाट उनले अपिल गरेका छन् । समाचारमा उठान गरिएको विषयको तथ्य र प्रमाणको आधारमा छानवीन गरी दोषको आधारमा कार्वाही गर्नको निमित्त तामाङ्गले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

यस विषयमा कान्तिपथसँग बोल्दै सांसद श्रेष्ठले भने, ‘सुनियोजित हल्लामा सांसद विकास कोष भनेर भनिएको छ तर खासमा त्यो स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको विनियोजित बजेट हो । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन कार्यविधिको निर्देशिका बमोजिम जिल्ला परामर्श समिति एवं निर्देशक समितिमा निर्वाचित संघिय सांसद संयोजक हुन्छन भने जिल्ला समन्वयका प्रमुख/उपप्रमुख, स्थानीय पालिकाका प्रमुख/उपप्रमुख हुन्छन । कुनै एक जना व्यक्तिले योजना छनोट गर्ने हैन समिति ले गर्ने हो ।’

समितिका सदस्यकै आफन्त नै तपाईको विषयमा प्रसारित समाचारको प्रचारमा लागेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘त्यो विषय मलाई पनि अचम्म लागेको छ, कुनै पार्टीको सुनियोजित ढंगको प्रहार हो यो । तपाई आफै भन्नुस कुनै आयोजनामा ५५ % कमिसन लिन सम्भव छ ? ४० लाखको आयोजनामा २२ लाख कमिसन लियो भन्ने प्रायोजित हल्ला चलाईएको छ ।’

विनियोजित बजेट संघिय सांसद आफैले बाढ्दै हिड्ने कुरा नभएको सांसद श्रेष्ठले बताए । उनले भने, ‘बजेट स्थानीय तहको खातामा जान्छ, वडाअध्यक्ष र विद्यालय व्यवस्थापन समितिको सिफारिसमा निकासा हुने हो, यसमा म जोडिने ठाउं नै छैन। जनता टेलिभिजन जस्तो ख्याती प्राप्त राष्ट्रिय मिडियाले अपुष्ट स्रोतको हवाला दिंदै समाचार सम्प्रेषणले गर्नुले आफ्नो मानहानी र चरित्रहत्या भएको सांसद श्रेष्ठले बताए । उनले भने, ‘परिवर्तनका खातिर गोलीसँग भिडेर आएका मान्छे हौ, जनताको करमा कुनै र्याल चुहाउने कुरै हुदैन । म कानुनी लडाई लड्नेबारे परामर्श गरिरहेको छु । आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेटको अप्रत्यासित हल्ला चलाएका छन् ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..