annapurna add

Muskan Khatun

सरकारले तेजाब पीडितका लागि फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत नयाँ कानून ल्याएको छ । सरकारले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७’ मन्त्रिपरिषद्बाट पास गर्ने तयारी गरेको हो । मन्त्रिपरिषद्ले पास गरेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

अध्यादेशमा प्रमाण ऐन २०३१ को दफा (६) को खण्ड (छ) पछि खण्ड (ज) थपिएको हो । खण्ड (ज) मा कुनै व्यक्तिले अर्को व्यक्तिको शरीरमा तेजाव फ्याकेमा, छर्किएमा, खन्याएमा वा अन्य कुनै किसिमको कसैको शारीरिक क्षति हुने गरी प्रयोग गरेमा वा कसैलाई सेवन गराएमा निजले नियतवस वा जानी–जानी त्यस्तो व्यक्तिको ज्यान लिने वा अंगभंग गराउने काम अदालतले अनुमान गर्ने उल्लेख छ ।

दफा १२६ को खण्ड (क) मा कसूर पीडितको नामाा सहयोग लिन नहुने व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा (१) अनुसार कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्बीर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आह्वान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा , सहयोग, अनुदानको नाममा कुनै पनि नगद वा जिन्सी माग्नु, लिन वा प्राप्त गर्न पाइने छैन् । दफा २ मा उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउनेलाई तीन महिना जेल वा पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

तेजाब बाट कुनै व्यक्तिको आँखा , कानको दुवै जालीमा क्षति भई सुन्ने शक्ति नष्ट भएमा नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जले महिला कुरुप भएमा, महिलाको दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तै व्यक्तिलाई २० वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

कसैको एउटा आँखा, एउटा कान, आंशिक रुपमा अनुहार जली काम नलाग्ने भएमा, महिला भए उटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, हुवै हात जली काम नलाग्ने भएमा, दुवै गोडा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जलेर क्षति भएमा त्यस्तै कसूर गर्ने व्यक्तिलाई १० देखि २० वर्ष र ७ लाखदेखि १० लाख रुपैयाासम्म जरिवानाको व्यवस्था गरिएको छ ।

त्यस्तै कुनै काम गर्दा वा त्यसको परिणामस्वरुप कसैको शरीरको अन्य अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति अनुसार पाँचदेखि १० वर्षकैद र एक लाखदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । दफा (७) मा उपदफा (२), (३ वा (४) बमोजिम जरिवाना वापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति वापत दिनुपर्ने व्यवस्था छ ।

दफा ८ मा लेखिएको छ, ‘यस दफा बमोजिम भएको कसूरबाट पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अंगभंगको गम्भिरता तथा जरिवाना रकमसमेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनु पर्नेछ ।’

त्यस्तै एसिड पीडितको उपचार खर्च पनि एसिड छ्याप्ने व्यक्तिले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । तर, अभियुक्त पत्ता नलागेको अवस्थामा पीडितलाई अस्पतालमा भर्ना भई औषधोपचार गर्दा लागेको बिल बमोजिमको रकम सम्बन्धित अनुसन्धान गर्ने अधिकारी र सम्बन्धित सरकारी वकीलको सिफारिसमा कोषबाट सम्बिन्धत अस्पतालाई दिन सकिने व्यवस्था गरिएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार