स्थानीय निर्वाचनमा सेना परिचलान गरिने

काठमाडौँ | गणतान्त्रिक सरकारले पनि स्थानीय निर्वाचनमा पुरानै तरिका अपनाउने भएको छ । संकटकालकै शैली अपनाउदै सरकारले यो पटकको निर्वाचनमा सेना परिचलान गर्ने निर्णय गरेको छ ।

local elections army

सुरक्षा परिषद्को बुधबार भएको बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हाे। 

रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको जानकारी दिएका छन।

 

त्यस्तै राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..