आज मात्र ५ सांसदले छाडे एमाले : माधवको पार्टीमा आकर्षण बढ्दै

आज मात्र एमाले छाड्ने सांसदको संख्या ५ पुगेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले सानो दल भएको हो । सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।

अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् । सभामुख पनि साबिक एमाले कै भए पनि उनको कित्ताकाट भएको छैन । त्यसैगरि नेकपा एमालेका प्रदेश २ का थप दुई सांसदले आइतबार एकीकृत नेकपा समाजवादी पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले नेकपा(एस) रोजेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद सीता गुरुङले नेकपा(एस) रोजेको निर्वाचन कार्यालयले जनाएको छ । भारतको नयाँ दिल्लीमा उपचाररत रहेका एमालेका सांसद डिल्ली उप्रेतीले भने नेकपा(एस) रोजेको कागजी प्रक्रिया दूतावासमार्फत सनाखत गराउन दिल्ली पुगेको छ । प्रदेश सांसद उप्रेतीको सनाखत आएपछि उनले दल रोजेको मान्य हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..