माधव नेपालले दिएको ९ बजेको समयसीमा सकियो : यी सांसद सिंहदरबारमा भेला हुँदै

नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदहरू आज बिहान साढे ९ बजे सिंहदरबारमा भेला हुँदैछन् । सामूहिक राजीनामा दिने सम्बन्धमा निर्णय गर्नका लागि सो समूहका सांसदहरू आज बिहान सिंहदरबारमा भेला हुन लागेका हुन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको हो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले आजै संसदमा विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नेपाल-खनाल समूहमा प्रत्यक्ष निर्वाचित २२ सांसद छन् भने समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित ११ सांसद छन् । ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको एक नेताले बताए ।

प्रत्यक्ष निर्वाचिन सांसदको सूची
झलनाथ खनाल, इलाम १
माधवकुमार नेपाल, काठमाडौं २
घनश्याम भुसाल, रुपन्देही ३
भीम रावल, अछाम १
सुरेन्द्र पाण्डे, चितवन १
गोकर्ण विष्ट, गुल्मी १
योगेश भट्टराई, ताप्लेजुङ
सोमप्रसाद पाण्डे, पाल्पा २
यज्ञराज सुनुवार, ओखलढुंगा
गणेश पहाडी, सिन्धुली १
जयकुमार राई, सुनसरी १
भवानी खापुङ, तेह्रथुम
पवित्रा निरौला खरेल, झापा १
जीवनराम श्रेष्ठ,काठमाडौं ८
नारायण खतिवडा, नुवाकोट १
विरोध खतिवडा,मकवानपुर २
मेटमणि चौधरी,दाङ १
हिराचन्द्र केसी, दाङ ३
दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
राजवहादुर बुढा,दैलेख २
झपट रावल, कैलाली २
कृष्णलाल महर्जन, ललितपुर २

समानुपातिक तर्फका सांसदहरू :
रामकुमारी झाँक्री, गुल्मी
निरादेवी जैरु, डडेलधुरा
कल्याणीकुमारी खड्का, रौतहट
गंगा चौधरी सत्गौवा, दाङ
बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
लक्ष्मीकुमारी चौधरी, कैलाली
मुकुन्द न्यौपाने, काठमाडौं
समिना हुसेन, रौतहट
पुष्पाकुमारी कर्ण यादव, पर्सा
कालिला खान, तनहुँ

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..