प्रधानमन्त्री पदबाट राजीनामा, राष्ट्रपतिकाे सुरक्षाका लागि खटाइयो ५ लंगुर

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन् ।

Mahathir Mohammad उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

मलेसियाको प्रधानमन्त्री कार्यालयले महाथिरले राजीनामा दिएको पृष्टि गरेको छ । महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएका जनाइएको छ ।

सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका महाथिर पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बनेका थिए । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

तर, पछिल्लो समयको प्रधानमन्त्री कालमा उनले पार्टी भित्रैबाट विभिन्न चरणका विवादको सामाना गर्नुप-यो ।

९४ वर्षीय महाथिरको पछिल्लो समय प्रधानमन्त्रीका अर्का आकांक्षी ७२ वर्षी अनवर इब्राहिमसँग राजनीतिक द्वन्द्व शुरु भएको थियो ।

tumpयसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वागत गरे । पत्नी मेलानिया र छोरी इवांकाका साथ भारत भ्रमणमा आएका ट्रम्पको सुरक्षाका लागि भारत सरकारले विशेष व्यवस्था गरेको छ ।

ट्रम्पको सुरक्षाका लागि मात्रै प्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । ट्रम्पको भ्रमणका दौरान सुरक्षा व्यवस्थापनमा मात्रै भारत सरकारले १ अर्ब भारतीय रुपैयाँ भन्दा बढी खर्च हुने जनाएको छ ।

सुन्दा अचम्म लाग्ला, ट्रम्पको सुरक्षाका लागि आधुनिक हतियारले सु–सज्जित सुरक्षाकर्मी मात्रै हैन, लंगुर (ढेडु) पनि परिचालन हुनेछन् ।

भारत सरकारले राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर परिचालन गर्ने भएको छ ।

ट्रम्पले आग्रास्थित ताजमहलको भ्रमण (अवलोकन) गर्ने क्रममा ती लंगुरहरुलाई परिचालन गरिने जनाइएको छ ।

MNP Grey Langeurs family

भारतको आग्रा शहर देशकै सबैभन्दा बढी बाँदर आतंक हुने ठाउँको रुपमा चिनिन्छ । ताज महलमा पनि बाँदरले उत्पात मच्चाउने गर्छन् ।

तिनै बाँदरका कारण उत्पन्न हुने सुरक्षा चुनौतीको सामना गर्न भारत सरकारले ५ वटा लंगुरलाई सुरक्षाका लागि परिचालन गर्न लागेको हो ।

लंगुरलाई देखेपछि बाँदरहरु भाग्ने गर्छन् । ठूलो संख्यामा मानवीय जनशक्ति परिचालन गर्दा पनि बाँदर भगाउन नसकिएपछि सरकारले लंगुर परिचालन गरेको हो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..