annapurna add

महोत्तरी । तस्करहरूका लागि महोत्तरी अहिले उर्वर भूमि बनेको छ । तस्करीको लाइन दिने र तस्करहरूबाट रकम उठाउने काम जिल्ला प्रहरी कार्यालयका एसपी टीका केसीले राखेका घुमुवा हवल्दार राजेश यादव, ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले घुमुवाको रूपमा परिचालन गरिरहेका घुमुवा हवल्दार धीरबहादुर बस्नेत र ईलाका प्रहरी कार्यालय रामगोपालपुरका घुमुवा हवल्दार रामशंकर साहले गरिरहेको समाचार स्रोतको दावी छ ।

Mahottari Ghumuwa Policeसो स्रोतका अनुसार घुमुवाहरूले सेटिङ मिलाएर तस्करीको लाइन पाउनेहरूमा कपडा र अन्य सामानको काम गर्ने श्याम यादव ७५ हजार , पाँच वटा मोटरसाईकलमार्फत किरानाको काम गर्ने बाला ६० हजार , तीन वटा मोटरसाईकलमार्फत किराना सामानको काम गर्ने भोकमरूवा ५५ हजार , भैसीको काम गर्ने उमेर ब्रदर्स १ लाख १० हजार , कपडा र अन्य सामानको काम गर्ने गोविन्द यादव ६० हजार , बाख्रा ,खसीबोकाको काम गर्ने नथुनी १ लाख १० हजार , कपडाको काम गर्ने पर्सावाली ५० हजार सबै थोकको काम गर्ने महेश यादव , छविलाल यादव, अशोक यादव किरानाको काम गर्ने बेरियावाली , टेम्पोमार्फत किरानाको काम गर्ने शोभा मुख्य छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीका केसीले राखेका घुमुवा हवल्दार राजेश यादव यसअघि लामो समयसम्म जनकपुरमा घुमुवा थिए । हाल बीरगंजको विपद व्यवस्थापनमा कार्यरत सई जयलाल यादव जनकपुरमा लामो समय घुमुवा रहेको बेला सोही घुमुवा टोलीमा राजेश यादव पनि रहेका थिए ।

लामो समय जनकपुरमा घुमुवा रहेका यादव धेरै बदनाम भईरहेका बेला सुनकाण्ड लागेपछि उनी महोत्तरी लखेटिएका थिए । तर महोत्तरीका एसपी टीका केसीले यिनै बदनाम राजेश यादवलाई घुमुवा राखेर रकम असुली गरिरहेको बताइएको छ । घुमुवा हवल्दार राजेश रातिको समयमा आफै बोडरमा गएर नेपालबाट मरिच र छोकडा पास गराउने गरेको गौशालाका व्यापारी राजा यादव भन्नेले बताए ।

त्यस्तै तस्करीका लागि मुख्य नाका मानिएको इप्रका गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बस्नेतलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । विगत आठ बर्षदेखि बस्नेत गौशालामा घुमुवाको रूपमा कार्यरत छन् । सर्लाही घर भएका उनलाई गौशालाका प्रहरी प्रमुखले नितान्त रकम उठाउन परिचालन गर्दै आइरहेको बताइन्छ । गौशाला बजार ठूलो भएको र तस्करीको सामान यहीँ जम्मा भई त्यसपछि मात्रै अन्यत्र जाने गर्दछ ।

खास गरेर सम्सी, रघुनाथपुर र खयरवनीबाट जति पनि सामानको तस्करी भएर नेपाल भित्रिन्छ त्यो सामान सबै गौशाला आउने गर्दछ । गौशाला बजारका मुख्य तस्करी गर्ने व्यापारी भनेका कालिया र राजा हुन् । यिनीहरू पाटर्नर समेत हुन । यिनीहरूले महोत्तरीका विभिन्न नाकाबाट दैनिक ५० लाख भन्दा बढीको सामान भित्र्याउने गर्छन् । गौशाला बजारका व्यापारीदेखि महोत्तरीका प्रहरी सबैलाई थाहा छ कि यी दुई व्यापारी गौशाला प्रहरीका घुमुवा बस्नेतका गोजीका व्यापारी हुन । यिनीहरूले कपडा र हाड्वेयरको ठूलो कारोवार गर्ने गर्दछन ।

तस्करीको सूचना दिन, सामान पक्राउ गर्न र अपराधीलाई पक्राउ गर्न दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट महोत्तरी हेर्ने गरि हवल्दार बैजु यादव र सिपाही धर्वेन्द्र यादवलाई डीआईजी धीरजप्रताप सिहले दुई घुमुवा परिचालन गरेका छन् । यी मध्ये बैजु पहिले लामो समय धनुषा र धर्वेन्द्र यादव भने लामो समयदेखि महोत्तरीको एसपीकै घुमुवा भएर बसेका हुन । उनीहरुको सबै ब्यापारीदेखि तस्करसँग नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् ।

यसरी खुलेयाम तस्करी हुँदाहुँदै पनि प्रदेशको घुमुवा टोलीले सामान पक्राउ नगर्नु भनेको डीआईजी सिंहलाई धोका दिएर उनीहरू पनि तस्करसँग मिलेका छन् । महोत्तरीमा लामो समयदेखि रजगज गरी बसेका यी घुमुवाहरूका बारेमा प्रहरी मुख्यालयको उजुरी छानबिन र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री कहाँ समेत उजुरी परेको थाहा भएको छ। साथै गृहसचिव महेश्वर न्यौपाने कहाँ समेत उजुरी परेको समाचार स्रोत बताउँछ ।नेपालबहसबाट

प्रकासित मिति

Loading...
Loading...

 

Loading...