माओवादी केन्द्रको सरकारलाई प्रश्‍न : ‘लकडाउन’को डण्डाले मात्रै हुन्छ, पूर्वतयारी खोई ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले, सरकारले पूर्वतयारीबिना नै लकडाउनलाई थप्ने तयारी गरेको भन्दै आम जनता माथि लकडाउनको डण्डा बजाउन थालेकोप्रति आक्रोस व्यक्त गरेको छ ।

shusil news kantipath शनिबार सो पार्टी महासचिव कर्णजित बुढाथोकीले सरकार समक्ष १० बुँदे मागपत्र जारी गर्दै आम जनताको वास्तविक अवस्थालाई ख्याल पुर्याउन माग गरेको छ ।

‘कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदल’का संयोजकसमेत रहेका महासचिव बुढाथोकीले हस्ताक्षर गरेको माग पत्रमा, नेपाल सरकारले जनताप्रति उत्तरदायित्व बहनको निम्ति पूर्व तयारीबिनाको लकडाउन बाहेक अन्य विषयमा गम्भीर भएर काम नगरेको आरोप लगाइको छ ।

जनताको दैनिक अत्यावश्यक वस्तुहरुको सुनिश्चितताको अभाव, शहर छाडेर गाउँ जान लागेका यात्रु बिचैमा अलपत्रमा पर्नु, कोरोना माथिनै भ्रष्टाचार, कालोबजारी बढ्नु र माफियातन्त्रको संरक्षण गर्नेजस्ता कार्य भएको आरोपसमेत लगाएको छ ।

माग पत्रमा भनिएको छ,“नेपाल सरकार समक्ष मागपत्र कोभिड १९को महामारीले राष्ट्रिय संकट निम्त्याएको हुनाले नेपाल सरकारबाट सरकारका सबै अंगहरु, सम्पूर्ण राजनैतिक दल, निजी उद्योग व्यवसायी र नागरिक समाजलाई कोरोनाले निम्त्याएको विपतसँग सामना गर्न ठोस योजनाकासाथ परिचालन गर्न माग गर्दछ । लकडाउन आवश्यकता भएपनि सरकारको पूर्व तयारीको अभावले कोरोनाको साथै अन्य संकटहरु देखापर्ने संभाबना बढेको छ । अब लकडाउन थप गर्दा दैनिक जीवनमा अत्यावश्यक वस्तुहरु, खाध्यान्न, खानेपानी, ग्याँस औषधी, पेट्रोल, डिजेल लगायतको व्यवस्था सुनिश्चित गर्न माग गर्दछ ।”

त्यसैगरी दैनिक ज्यालादारी मजदुरहरुको र सुकुम्बासीहरुको दैनिक जीवन निर्वाहको निम्ति तत्काल घर टोलमा पुगेर प्रत्येक दिनको १ हजारसम्मको रकम उपलब्ध गराउन पर्ने माग समेत गरिएको छ ।

आकस्मिक लकडाउनका कारण शहरबाट गाउँ जान हिँडेका हुम्लालगायत हिमाली जिल्लाहरुका हजारौँ विद्यार्थीहरु नेपालगञ्ज सुर्खेत, धनगढी, पोखरा, बुटवल, बिराटनगरमा अलपत्र परेका विद्यार्थीहरुको खानपिन र यातायातको व्यवस्था गर्न माग समेत संयोजक बुढाथोकीले गरेका छन् ।

त्यस्तै अतिनै समस्यामा परेका सुत्केरी महिला, अबोध बालबालिका तथा वृद्ध वृद्धा घाइते अपाङ्ग र अप्रेशनमा रहेका बिरामीको उपचारको माग गर्दछ । विदेशमा रहेका नेपाली र भारतबाट आउने र आएका नेपालीको उचित ब्यवस्था गर्न माओवादी केन्द्रले माग गरेको छ ।

कोरोनाको प्रत्यक्ष र अप्रत्यक्ष असर न्यूनतम् ६ महिनासम्म रहन सक्ने संभावनालाई मध्यनजर गर्दै माओवादी केन्द्रले बेरोजगार अहेब, नर्स, अनमीलाई ६ महिनाको लागि नियुक्त गरेर काममा लगाउनु पर्ने बुढाथोकीले बताएका छन् । उनले लकडाउनको समयमा बढ्नसक्ने महङ्गी, कालोबजारी, तस्करी भ्रष्टाचार,सामाजिक विकृति, विसङ्गतिप्रति कडा कदम चाल्न सरकारसँग माग गरेका छन् ।

कोरोनाले मनोवैज्ञानिक रुपमा सामाजिक संकट आउन सक्ने भन्दै महासचिव बुढाथोकीले माग पत्रमा भेनका छन्, ”यतिबेला सबभन्दा ठुलो मनोबैज्ञानिक र सामाजिक संकट आउन सक्ने हुँदा विशेषत बिदामा रहेका विद्यार्थीहरुको भविष्यप्रति जवाफदेहीताको निम्ति शिक्षा मन्त्रालय र सम्बन्धित विद्यालय मार्फत शिक्षक विद्यार्थी अनलाइन शैक्षिक कार्यक्रम सञ्चालन गरियोस् साथै अबको शैक्षिक सत्रदेखि विद्यालय क्याम्पस स्तरमा प्राकृतिक प्रकोप, विश्वव्यापी प्रभाब र समाधान बिषयक नयाँ पाठ्यक्रममा समावेश गर्न माग गर्दछ ।

लकडाउनको क्रममा रिपोर्टिङ्गमा खटिएका पत्रकारहरुको सुरक्षा र स्वास्थ्य बिमाको व्यवस्था गर्न माग गर्दछौं । साथै काठमाडौं लगायतका शहरहरुमा यो समयमा कुनै आयआर्जनको कार्य नहुने भएकाले घरभेटीहरुले यो अवधीमा घरभाडा नलिने व्यवस्थाको लागि पनि सरकारसँग माग गर्दछौं । राष्ट्रिय एकता पारस्परिक सहयोग उच्च मनोवल नै हाम्रो विजयको आधार बन्न सक्छ । ”

Kantipath Media

यो छुट्टाउनु भो कि..