पूर्वमाओवादी नेताहरुको मुद्दा दीपककुमार कार्कीको इजलासमा

सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ ।

आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको तर माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेकाले उक्त निर्णय बदर गर्न, सांसद पदबाट हटाउने संघीय संसद सचिवालयको निर्णय बदर गर्न र सांसदकै रुपमा कामकाज गर्न दिन माग गर्दै उनीहरुले रिट दर्ता गराएका थिए ।

बिहीबारका लागि पेसीमा चढेको उक्त रिट वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..