annapurna add

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद अन्त्य गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ ।

याे पनि पढ्नुहाेस् : नेकपा विवाद : ६ सदस्यीय कार्यदल गठन

kp parchandFile photo

आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला शुक्रबार २ अध्यक्ष केपी ओली र प्रचण्डबीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति जुटेको हो ।

उक्त कार्यदलमा नेकपाभित्र शक्ति संघर्षमा फ्रन्टलाइनमा रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ ।

कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने प्रचण्डपक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...