annapurna add

jdklsajdksajdiosjdkllsjdkllsjmdklsmnklmnks

राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गर्न तयारी गरेको सितलनिवास निकट स्रोतले बतायो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सिफारिस भएका एसिड आक्रमण नियमनसम्बन्धी कानुन,एसिड आक्रमणमा सजायसम्बन्धी कानुन र काठमाडौँ उपत्यकाका प्रहरी संघले सञ्चालन गर्नेसम्बन्धी अध्यादेश आउन लागेको हो ।

एसिड आक्रमणसम्बन्धी अध्यादेशमा एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था छ । यस्तै प्रहरीसम्बन्धी अध्यादेशअनुसार उपत्यकाको प्रहरी परिचालन तथा सञ्चालन प्रदेशले गर्न पाउनेछैन । केन्द्रसङ्गै त्यो अधिकार रहनेछ । बागमती प्रदेश भने केन्द्रीय राजधानीको सुरक्षा अह्रनखटन पनि आफै अन्तर्गत हुन पर्ने अडानमै देखिन्छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मर्कट्टेलले उक्त व्यवस्थामा असहमति राख्दै आएका छन् ।

संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। केही दिनअघि मन्त्रिपरिषद बैठकले यो सहित अन्य तीन अध्यादेश जारी गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो।

गृह मन्त्रालयका अनुसार अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। पहिले राजधानी बागमती प्रदेश मातहत थियो। अब राजधानीका तीन जिल्ला संघीय राजधानी प्रहरी मातहत रहने छन्। संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्ने भएको छ। मेट्रोमा हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) दरबन्दी छ। मेट्रोको नेतृत्व डिआईजी विश्वराज पोखरेलले गरिरहेका छन् । संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन्। ती कार्यालय महानगरीय प्रहरी परिसरको रूपमा थिए। अब जिल्ला प्रहरी कार्यालय वा अन्य कुनै नाममा रहने छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...