‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

g baskotaसञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  ७० करोड कमिसन सेटिङ अडियो काण्डबारे काठमाडौँ मै पुगेर सबै बताउने प्रतिक्रिया दिएका छन्  ।

कन्चनपुर भ्रमणमा रहेका बास्कोटाले  बेलडाँडी गाउँपालिकामा बिहीबार बिहान आयोजित कार्यक्रममा भने,  ‘मेरो बारेमा चर्चा चलेको छ । तर अहिले यसबारेमा बिस्तृतमा भन्दिनँ, काठमाडौं पुगेर म आफ्नो धारणा राख्छु ।’

कार्यक्रममा उनले आफूले गलत गरेको भए त्यसको सजाय भोग्न तयार रहेको समेत बताए । 

उनले एक छुट्टै प्रसंगमा भने  ‘नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’ उनले अप्रत्यक्ष रुपमा अडियो आफैंले बोलेको समेत स्वीकार गरे 

Kantipath Media

यो छुट्टाउनु भो कि..