सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सामाजिक संजालमा भाइरल भईरहेको छ ।

Gokul BaskotaFile photo

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

भिडियो हेर्न यँहा क्लिक गर्नुहोस”भिडियो हेर्न यँहा क्लिक गर्नुहोस

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

-मन्त्री गोकुल बास्कोटाः ह…
-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
-मन्त्री गोकुल बास्कोटाः ठीक छ।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।
-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।
-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?
-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा
-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?
-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?
-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने…
-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?
-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।
-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..
-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

संवाद सुन्न सकिन्छ। सम्पर्कमा आएका मिश्रले मन्त्री बाँस्कोटाले सुरुमा दुई अर्ब घुस मागेकाे बताए। तर कम्पनीको नियम अनुसार प्रतिशतको आधारमा मात्र जाने हो मिल्छ भनेर कुरा गरेको उनले बताए। आउट अफ ट्याकमा चाही त्यही कुरा गर्न खोजेको मिश्रको भनाइ छ। सम्पर्क गर्न खोज्दा मन्त्री बाँस्कोटाको मोवाइलमा सम्पर्क हुन सकेन।

Kantipath Media

यो छुट्टाउनु भो कि..