नेकपा फुटाउने कि जुटाउने : प्रधानमन्त्रीलाई मन्त्रीका कस्ता सुझाब ?

Cabinetmeeting 20200426192131

Cabinetmeeting 20200426192131

नेकपालाई औपचारिक रूपमा फुटाउने वा एकै ठाउँ ल्याउनेबारे मन्त्रीहरू विभाजित देखिएका छन् । केही मन्त्रीले पार्टी फुटाउन र केहीले पुनर्मिलनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिन थालेका छन् ।

शुक्रबारकाे मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूसित प्रधानमन्त्री ओलीले पार्टीबारे राय मागेका थिए । स्राेतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र खानेपानीमन्त्री माणि थापाले एमाले ब्युँताउन ओलीलाई सुझाए ।

तर, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भाैतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, सञ्चारमन्त्री पार्वत गुरुङ र कृषिमन्त्री पद्मा अर्यालले भने पुनर्मिलनका लागि छलफल अघि बढाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पाेखरेल र अर्थमन्त्री विष्णु पाैडेलबीच मन्त्रिपरिषद् बैठकमा बारम्बार टकरावकाे स्थिति देखिने गरेकाे ती मन्त्री बताउँछन् । शुक्रबार पनि यस्तै भएकाे थियाे । पाेखरेल पार्टी फुटाउने पक्षमा देखिए भने पाैडेल बचाउने पक्षमा उभिए । यस क्रममा उनीहरूबीच केही भनाभनसमेत भएकाे थियाे । नेकपा कै एक स्थायी कमिटि स्तरका नेताका अनुसार विष्णु पौडेल र सुवास चन्द्र नेम्वाङ्ग आफै प्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्ने लाईनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई चुनौती दिएका छन्।

आइतबार गृहजिल्ला झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिएका हुन्। उनले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताए। उनले आफू मुद्दा जितेर नभई जनताबाट निर्वाचित भएर, जनताको आशीर्वाद लिएर प्रधानमन्त्री भएको बताउँदै मुद्दा हार्दैमा आफूलाई केही फरक नपर्ने बताए।

‘मत जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो। गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो’, उनले भने, ‘कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको हो।’ उनले आफूहरुले बलिदानी गरेर ल्याएको लोकतन्त्रलाई तलमाथि पर्न नदिने बताए।

Kantipath Media

यो छुट्टाउनु भो कि..